Saturday, May 22, 2010

प्रशान्त महासागरलाई

प्रशान्त महासागरलाई (कविता)
--- निर्मलमणि अधिकारी


प्रशान्त !
आज भोली तिमी
बिरामी परेका छौ कि कसो
कतैपनि अचेल
ज्वारभाटा छैन
आँधी तूफान चलेको छैन
झ्वाम्म अँगाल्ने जेलाईपनि र उदरस्थ गर्ने
तिम्रो इच्छा मरिसक्यो कि कसो
ठिक छ प्रशान्त
उद्दण्ड उग्र र प्रचण्डबाट
शान्त सौम्य र निश्छल बनेको रहेछौ-
तिम्रो यही रुप नै
मलाई स्वीकार्य छ प्रशान्त
तर तिमी बबण्डर बन्छौभने
मपनि अवरोध बन्नेछु
प्रशान्त !
तिम्रो शान्त यो रुपको पुजा गर्दैछु ।
२०४७।५।१४