Wednesday, September 22, 2010

सम्झना छ मनभित्र (२०५४-७-२८)

न त केहि चिनो न छ साथमा फोटो
दिन साह्रै लामो लामो रात साह्रै छोटो

एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो

तिमी भयौ नदी उता यता पारी परिएछ
सपनीको सुखान्त नि झस्काइले हरिएछ

फोटो भए हेर्थें छैन साथ्मा केही
सम्झना छ मनभित्र आँखाभरी त्यही ॥
२०५४-७-२८

Wednesday, September 1, 2010

माया माया भन्दाभन्दै (२०५४-८-१५)

माया माया भन्दाभन्दै सुकिसक्यो काया
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया

मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा

जतिखेर जतिबेला पनि तिम्रै फिक्री
बाँधिसक्यौ यो मनलाई माया बनी सिक्री

तिमीबिना केही छैन फगत् हुन्छ शुन्य
हृदयलाई बुझ तिमी माया गरी पुण्य

कतै छोडिजाने हौकि पर्दैछ नि भ्रान्ति
तिमीबिना हाय संसार हाय हाय शान्ति ॥
२०५४-८-१५