Thursday, February 27, 2014

पूर्वप्रकाशित खण्डकाव्य "लक्ष्यवेध" बाट एक टुक्रा

“वासन्ती वहारहरुले पनि,
दुःखका कहरहरुले पनि,
विचलित पार्न सक्दैनन् मलाई

म उच्छृङ्खलित हुन्नँ
म विचलित हुन्नँ
म स्खलित पनि हुन्नँ,
अनि सहरको यो भिडमा
म हराउन चाहन्नँ ।”

- आयोदधौम्य
लक्ष्यवेध (खण्डकाव्य) बाट