Thursday, January 8, 2015

जीवन : अन्तर्दृष्टि (खण्डकाव्य) को पहिलो खण्ड

कृति — जीवन : अन्तर्दृष्टि
विधा — खण्डकाव्य
कवि — आयोदधौम्य
प्रकाशक — तरङ्ग साहित्यिक अभियान
प्रथम संस्करण — वि.सं. २०६८ (सन् २०११)


पहिलो खण्ड

१)
चिहाँऽऽ ........... चिहाँऽऽ ........
सिकाइएको थियो जसरी म नजन्मन्दै—
जन्मनासाथ रोइदिएँ,
रुनमात्र जानेको थिएँ —रुन्थेँ ।

२)
एक दिन मलाई सिकाइयो
जीवन होइन रुनुमात्रै
..... र सिकाइएको थियो जसरी म जन्मिनासाथ—
म हाँसिदिएँ,
हाँस्न सिकाए —हाँसिदिएँ ।
हाऽऽ... हाऽऽ...
हुऽऽ.. हुऽऽ...
होऽऽ... होऽऽ...
हेऽऽ... हेऽऽ...
मुसुक्क.........
खितित्त.............
ङिसिक्क.........
खुसुुक्क.........
छुसुक्क.....
जानियो धेरै प्रकारहरु हाँसोका
र म हाँस्थेँ ।

३)
“ए ! हुँदैन रुनुमात्रै त्यसरी ............”
“एऽऽ ! हैन हाँस्नेमात्रै यसरी ............”
“ए ! बास्नु हुन्न उन्मुक्त त्यसरी ..........”
“एऽऽ ! पाइन्न कोकोहोलो हाल्न यसरी .........”
र मैले बुझें— हाँस्नु हुन्न ÷ रुनुपनि हुन्न ।

४)
“तपाईं त ठ्याम्मै हाँस्नु हुन्न नि !
भएन यसरी त,
हाँस्नुप¥यो
—हाँस्नुमै त छ जिन्दगी ।”

५)
“क्याहो !
तपाईं त रोएकै देखिन्न,
सुखमा मात्तिने बानी ठीक होइन है
—रुनुपनि शाश्वत–सत्य हो बुझ्नु भो ?
रुनुमै त छ जिन्दगी ।”

६)
अँ, ढिलै भएपनि बुझेँ—
हाँस्नुमापनि छ जिन्दगी ÷जिन्दगी छ रुनुमापनि,
हाँस्नु पर्छ — रुनु पर्छ
रुनु पर्छ — हाँस्नु पर्छ
र बुझेँ जे मैले
जसरी मलाई सिकाइएको थियो
एक्कैछिनमा रुन्थेँ, हाँस्थेँ एक्कैछिनपछि;
उँऽऽ उँऽऽ .......
हाऽऽ हाऽऽ .........
सुँक्क.... सुक्क...........
खिसिक्क........ मुसुक्क..........