tag:blogger.com,1999:blog-17805332711595191982024-03-19T04:08:14.759-07:00'आयोदधौम्य' निर्मलमणि अधिकारी'आयोदधौम्य' निर्मलमणि अधिकारीद्वारा रचित / लिखित सामग्रीहरु । मुख्यतः साहित्यिक रचनाहरु ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.comBlogger61125tag:blogger.com,1999:blog-1780533271159519198.post-3169964212310368832023-03-04T01:29:00.003-08:002023-03-04T01:29:37.160-08:00सुनिश्चित विजयको मार्ग
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-31506891427767724092022-01-07T09:20:00.003-08:002022-01-07T09:20:41.893-08:00हिमवत्खण्ड महाकाव्यको समीक्षा
वैदिक कथानकमा वर्तमान–युगीन संचेतना : हिमवत्खण्ड महाकाव्य
डा. निर्मलमणि अधिकारी "आयोदधौम्य", भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय
(यो समीक्षा २०६५ सालमा गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो ।)
काव्यसृजन, काव्यशास्त्रीय अनुचिन्तन, समालोचना एवं प्राध्यापन कर्मबाट नेपाली वाङ्मयलाई पुष्पित–पल्लवित पार्ने विशिष्ट साधक भानुभक्त पोखरेलको महाकाव्य हिमवत्खण्ड वि.सं. २०६४ सालमा प्रकाशित भएको हो । यो महाकाव्यमा सङ्क्रमणकालीन नेपालका लागि युगीन सन्देश रहेको पाइन्छ । राज्य र समाज दुवैका रूपमा नेपालको बृहत्तर (कतिपयले त वैकल्पिक वा नयाँ) परिभाषा खोज्दै गरेको यस कालखण्डमा सो युग–संचेतनालाई कवि पोखरेलले हिमवत्खण्ड महाकाव्यमार्फत्सम्बोधन गरेका छन् ।
सङ्क्रमणकालीन नेपालमा एकातिर राज्यको स्वरूप समावेशी हुनु पर्ने मागलाई सम्बोधन गर्नु छ भने अर्कोतिर विगतमा एक नेपाल राष्ट्र र एक नेपाली जाति भन्ने बृहद् परिचयभित्रै अटाएका, तर नयाँ परिवेशमा नयाँ आकाङ्क्षासहित मौलाएका बहुविध पहिचान (आइडेन्टिटी) हरूबीचको द्वन्द्वलाई समन्वयात्मक निष्कर्षमा पु¥याउनु पनि छ । वैदिक (मूलतः ऋग्वैदिक) कथानकलाई आधार मानेर लेखिएको हिमवत्खण्ड महाकाव्यमार्फत् कवि पोखरेलले त्यस्तो निष्कर्षको आधार प्रष्ट्याएका छन् । यस मानेमा वर्तमान नेपालका जुन–कुनै जातीय/सांस्कृतिक समूहका सदस्यहरूका लागि यो कृति पठनीय–सङ्ग्रहणीय बनेको छ ।
ऋग्वैदिक पृष्ठभूमिमा लेखिएको यही नै पहिलो महाकाव्य हो नेपाली भाषामा । कविकै शब्दमा भन्ने हो भने यसको “विषयवस्तु, कथावस्तु, कथानक वा कथा मूलतः ऋग्वैदिक–वैदिक मन्त्रहरू चालेर, सिलोसँगालो गरेर तिनका सूक्ष्म तन्तुहरूद्वारा तुनिएको–बुनिएको छ भने सहयोगीका रूपमा प्राचीन–पुरातन आख्यान–उपाख्यान तथा पूर्वी–पश्चिमी मिथकीय कथा, लोकगाथा–कथाका साथै उपनिषद्लगायत विभिन्न पुराण–महापुराण आदि अनेकौँ सामग्रीको रासायनिक तत्व पनि लिइएको छ ।” त्यस क्रममा काव्यिक रसात्मकता र कवि–कल्पनाको उडान प्रचूर हुँदाहुँदै पनि कविमा नवीन वैज्ञानिक दृष्टिकोण र ऐतिहासिक–पुरातात्विक ‘तथ्य’ का सन्दर्भमा अनुसन्धानात्मक आधार पाइन्छ ।
भारतवर्षीय सन्दर्भमा ज्ञान, विज्ञान, अध्यात्म, धर्म, संस्कृति सबैको मूल वेद नै मानिएको छ । वैदिक युगीन राजनीतिबारे अध्ययन–अनुसन्धानको क्रम चलिरहेको छ र हालसम्मको अध्ययनबाट विज्ञहरू के निष्कर्षमा पुगेका छन् भने सामाजिक, राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरूको मूल पनि वेदमा पाउन सकिन्छ । वैदिक पृष्ठभूमिको कथानकबाट वर्तमानकालका लागि सन्देश निकालेर कविवर पोखरेलले सोही मान्यतालाई सार्थक तुल्याएका छन् ।
वैदिक युग प्रस्थानबिन्दु भए तापनि कवि पोखरेलकृत हिमवत्खण्ड महाकाव्यको युग–संचेतनाको प्रवाह वर्तमानकालसम्मै आइपुग्छ । आर्य र किरातका राजनैतिक स्वार्थ एक–आपसमा नमिल्ने भन्ठानिने मान्यताको विकल्पमा किराती सम्राट् शम्बरासुर हिमवत्खण्डीय महाएकताको अवधारणा अघि सार्छन् । त्यसपछि हिमवत्खण्डमा ध्रुवीकरण सुरु हुन्छ र यस क्रममा अनेक युद्धहरू हुन्छन् । लामो समयसम्मको महायुद्धपश्चात् सम्राट् शम्बरासुरकी पत्नी महारानी विवक्षा र सम्राट् दिवोदासकी पत्नी महारानी सुलोचनाको नेतृत्वमा हिमवत्खण्डीय महाएकता साकार हुन्छ । समकालीन नेपालमा पनि विभिन्न जातीय, क्षेत्रीय, सम्प्रदायगत आकांक्षा र पहिचान (आइडेन्टिटी) हरूबीच अन्तद्र्वन्द्व रहेको छ र सो अन्तद्र्वन्द्वलाई उपयुक्त तवरले समाधान गरेर मात्र अचेल भनिने गरेको “नयाँ नेपाल” ले मूर्तरूप लिने हो । त्यसका लागि कवि पोखरेलले यस महाकाव्यमार्फत् दिग्दर्शन गराएको ‘महाएकता’को अवधारणालाई आत्मसात् नगरी हुँदैन ।
अहिले नेपालमा जातीय साथसाथै भाषिक, धार्मिक, क्षेत्रीय, राजनीतिक, आर्थिक लगायतका अनेकौं किसिमका द्वन्द्व वा विवादहरूको सगबगाहट चलिरहेको छ । त्यसोहुँदा स्थिति बडो जटिल छ । तर यति जटिल पनि छैनकि समस्याको समाधान गर्न नै नसकियोस् । हरेक समस्याहरू समाधान गर्न सकिन्छ । समाजलाई यथास्थितिमा राख्नु पर्छ भन्ठान्नु वैज्ञानिकतायुक्त दृष्टिकोण होइन र त्यो स्वीकार्य पनि छैन । कसैले चाह“दैमा समाज यथास्थितिमा टक्क रोकिएर बस्ने पनि होइन । त्यसो हु“दा नेपालमा जातीय सवालमा नया“–नया“ दृष्टिकोणहरू आउनु र ‘जनजाति’, ‘आदिबासी’, ‘मधेशी’ र ‘दलित’हरूले आफ्ना भूमिकालाई पुनः परिभाषा गर्न चाहनु स्वाभाविक हो । अनि, नेपालजस्तो बहुजातीय भनिने देशमा जातीय सवालमा बहस, छलफल तथा अन्तक्र्रियाको थालनी हुनु राम्रो हो किन भने वादको विवादलाई सम्वादमा परिणत गरेर समाजका लागि उपयुक्त निकास निकाल्न सकिएमा यस्ता बहस, छलफल तथा अन्तक्र्रियाले अपूर्व अवसर समेत प्रदान गर्न सक्छन् । तर यस्ता सवाललाई बुद्धिमत्तापूर्वक सम्बोधन र तिनले उठाएका सवाललाई सही तरिकाले समाधान गर्न नसक्दा परिणाम त्रासदीपूर्ण हुने खतरालाई पनि बिर्सन मिल्दैन । कुनै पनि सवालको जरोसम्म पुग्न सबै पक्ष हेर्नु पर्ने हुन्छ । जातीय सवालका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । सकारात्मक तत्व ग्रहण र नकारात्मक तत्व निराकरण नगरी ‘जातीय आन्दोलन’ सही दिशामा अघि बढ्न सक्दैन । हो, यहीँनेर सान्दर्भिकता छ हिमवत्खण्ड महाकाव्यमार्फत् कविवर भानुभक्त पोखरेलले अगाडि सारेको दृष्टिकोणको ।
हिमवत्खण्ड महाकाव्यको रचनागर्भलाई बुझ्न यसका स्रष्टा कविवर पोखरेलको अध्यक्षतामा वि.सं. २०५४ गठित ‘नेपाली भाषा–संस्कृति परिषद्’ मार्फत् अगाडि बढेका चिन्तनधारालाई उल्लेख गर्नै पर्ने हुन्छ । ‘नेपाली भाषा–संस्कुति परिषद्’ले ‘एक नेपालीजाति’को वृहद् अवधारणालाई अगाडि सारेको थियो । ‘नेपाली भाषा–संस्कृति परिषद्’ को अध्यक्षका हैसियतले पोखरेलले अनेकौँ लेखरचनामार्फत् आफ्ना सैद्धान्तिक आधारहरूबारे परिचर्चा गरेको हुनाले जिज्ञासुहरूका लागि अन्वेषणको ठूलो पाटो हुन सक्ने उक्त विषयवस्तुमा प्रशस्त सामग्री प्रकाशितै छन् । संक्षेपमा, ‘एक नेपालीजाति’को अवधारणालाई लागि निम्नानुसारका बुँदाहरू उल्लेख्य छन् ः
(क) नेपाल कुनै एक जात वा जाति वा जनजाति को, कुनै एक वर्गविशेषको मात्र देश नभएर विविधताहरूको समष्टि रूप हो । सृष्टिको नियम नै विविध चीजहरूको संयोजन हो । जस्तो, प्रोटोनइलेक्ट्रोनइत्यादिको संयोजन नभएकोभए परमाणु बन्दैनथ्यो, परमाणु–परमाणु नमिलेकोभए अणुको अस्तित्व हुँदैनथ्यो, अणु–अणु नजुटेकोभए तत्व हुनेथिएन र तत्व–तत्वको मिलन नहुँदो हो त पदार्थहरू हुनेथिएनन् । पदार्थबिना भौतिक सृष्टि हुने कुरै भएन । अनि, हामीलाई थाहा छ कि उत्तरीध्रुव र दक्षिणीध्रुव समन्वित नभई चुम्बकीय गुण आउँदैन । यसरी सृष्टिको नियम नै विविध चीजहरूको संयोजन हो, फरक–फरक वस्तुहरूको योग हो भन्नेकुरा प्रष्टै छ । समाज निर्माणका क्रममा पनि यही नियम लागू हुन्छ । व्यक्ति–व्यक्ति मिलेर परिवार बन्ने प्रकृयाबाट शुरु भएको मानवसमाजको जातिगत, भाषिक, सांस्कृतिक आदिको संयोजनको सुरुचिपूर्ण स्वरूपले राष्ट्र को रूप लिन्छ । त्यही संयोजनको सुरुचिपूर्ण स्वरूप अझ उच्चतर तहमा पुग्दाखेरि वसुधैव कुटुम्बकम् को अवधारणा विकसित हुने हो ।
(ख) नेपाल कुनै एक जात वा जाति वा जनजाति को, कुनै एक वर्गविशेषको मात्र देश नभएर विविधताहरूको समष्टि रूप होतापनि ती सबैको संयोजन भइसकेर एउटा राष्ट्रका रूपमा विकसित भइसकेको हुँदा सम्पूर्ण जातियसमुदाय, सबै भाषिकसमुदाय, सारा धार्मिकसमुदायको सहभागिताबाट निर्मित सिंगो रूप एक नेपालीजातियता प्रति इमान्दार रहनु नै राष्ट्रियता सुदृढ पार्ने कार्य हो ।
माथिका दुई बुँदाको आलोकमा नै कविवर पोखरेलले आफ्नो महाकाव्यमार्फत् दिग्दर्शन गराएको ‘महाएकता’को अवधारणालाई सही अर्थमा बुझ्न सकिन्छ । एक नेपाली सांस्कृतिक चेतना को साझा आत्मचेतको आधारमा प्रतिष्ठित एक नेपालीजाति भन्ने अवधारणालाई सुदृढ पार्नु नै नेपाली राष्ट्रियता सुदृढ पार्ने उपाय हो ।
हाम्रो देशमा राष्ट्रिय–चिन्तन हुँदै नहुने त होइन, तर अत्यन्त कम हुने गरेको छ । जसका कारण कतिपय राष्ट्रिय महत्वका सवालहरु नेपथ्यमै सीमित रहने गरेको देखिन्छ । हाम्रो पहिचान संसार सामु के कस्तो रहिआएको छ र हाम्रा परिचायक बनेका मध्ये के के कुरा हामीले कायम राख्ने हो र के चाहिँ फेर्नुपर्ने हो भन्ने सवाल यस्तै महत्वपूर्ण सवाल हो । यस्ता सवालको समाधानका लागि कविवर पोखरेलको चिन्तनबाट प्रवद्र्धित ‘महाएकता’को अवधारणाले गहकिलो दिग्दर्शन गराउन सक्छ ।
हिमवत्खण्ड महाकाव्यलाई वर्तमान–युगीन मूल्यको कसीमा जाँच्ने क्रममा थप दुईवटा पक्षहरू अत्यन्त विचारणीय छन् । पहिलो, यसको नायक किरात हो । यसरी किरातलाई (वा जनजातिलाई) नायक बनाएर लेखिएको पहिलो नेपाली महाकाव्य हो यो । नेपालको इतिहासलेखन नयाँ दृष्टिबिन्दुबाट गरिनु पर्छ भन्ने माग उठाइरहेकाहरूका लागि यो पक्ष यस कृतिको बलियो विशेषता लाग्न सक्छ । यस मानेमा किरात जातीय इतिहास, संस्कार एवं परम्पराको खोजीलाई प्राथमिकता दिइरहेकाहरूका लागि त यो महाकाव्य झन् पठनीय–सङ्ग्रहणीय बन्न पुगेको छ । दोस्रो, हिमवत्खण्डीय महाएकतालाई निष्कर्षसम्म ल्याइपु¥याउन निर्णायक भूमिका खेल्नेहरू दुवैजना महिला हुन् । राजनीतिमा महिला सहभागिता आलङ्ककारिक मात्र हुन नहुने, नेतृत्वदायी नै हुनु पर्ने वर्तमान युग–आवश्यकतालाई कवि पोखरेलले विवक्षा र सुलोचनामार्फत् प्रकट गरेका छन् ।
अत्यन्तै घतलाग्दो नीतिवचन छ, “अनायका विनश्यन्ति नश्यन्ति बहुनायकाः” । साँच्चैनै, इतिहासमा बारम्बार प्रमाणित भएको छकि यदि कुनै समाज÷समुदाय÷समूह वा राष्ट्र ‘अनायकत्व’ अर्थात् नेतृत्व–विहीनताको अवस्थामा हुनु भनेको त्यसको विनाशको पूर्व–लक्षण हो । त्यसैगरी यदि त्यहाँ अनेकन् मनमुखी नेताहरु छन् अर्थात् ‘बहुनायकत्व’को अवस्था छभनेपनि त्यसको परिणति उही हुन्छ । त्यसैले त भनिएको होकि नायकहीनको पनि विनाश हुन्छ र धेरै नेता भएकाको पनि । अब यतिखेर एकैपल्टमा ‘अनायकत्व’ र ‘बहुनायकत्व’ हुने विडम्बनापूर्ण अवस्था छ नेपालमा । एकातिर सम्पूर्ण जनसमुदाय त के कुरा बहुजनमा सर्वस्वीकार्य वा सर्वमान्य वा सर्वोच्च स्तरको पनि नेता अर्थात् ‘नायक’को हैसियतमा कोही छैनभने अर्कातिर आफूलाई ठूलै नेता भन्ठान्नेहरू बर्खाको च्याउ भन्दापनि बढी उम्रेका छन् । यसरी ‘अनायकत्व’ र ‘बहुनायकत्व’ दुइटै समस्या एक्कैचोटी आइपर्ने उपचक्कको स्थितिमा उभिएको नेपालको सामुन्नेमा कविवर भानुभक्त पोखरेलले नायकत्वको आफ्नै किसिमको मानक प्रस्तुत गरेका छन् । कविवर पोखरेलले मानेको नायकत्वले ‘महाएकता’को मान्यता अगाडि सार्छ र त्यसलाई व्यवहारतः सार्थक बनाउने परिकल्पना पनि देखिन्छ ।
चाहे युद्ध जेसुकै नाममा लडिएको होस्, वा जहाँसुकै गरिएको होस्, र जुनसुकै कालखण्डमा मच्चाइएको होस् —त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित, अनाथ, विधवा तथा शरणार्थीहरूको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको छ ! युद्धलाई समाप्त नपारुञ्जेल यस्ता त्रासदीहरूबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । कसैलाई फाइदा नहुने, कोहीपनि विजयी नहुने र सबैलाई बित्यास पार्ने हिंसाको आगो निभाउने उपाय पनि कविवर पोखरेलले देखेको ‘महाएकता’को अवधारणमा निहित छ ।
काव्यसृजनका लागि मूलतः संस्कृत शास्त्रीय छन्दहरूलाई रोज्ने कवि पोखरेल संस्कृत शिक्षाको पृष्ठभूमिबाट आएका हुनाले उनका काव्यमा संस्कृतनिष्ठ शब्दहरूको प्राचुर्य अनपेक्षित होइन । यस महाकाव्यमा पनि उनले संस्कृतनिष्ठ शब्दको भण्डारमाथि आफ्नो पहुँचलाई अधिकतम् प्रयोग गरेका छन् । तर त्यस्ता प्रत्येक शब्द प्रयोग भएपिच्छे तत्क्षण पादटिप्पणीमार्फत् अर्थ दिइएको र आवश्यकतानुसार सन्दर्भसमेत प्रष्ट्याइएको छ । त्यसमाथि, सुरुमै “हिमवत्खण्ड महाकाव्य चहार्ने गोरेटो” (कथावस्तु) सरल गद्यमा राखिएकैछ । यसरी सामान्य पाठकलेसमेत यो महाकाव्यको रसास्वादन गर्न सक्ने अवस्था छ ।
विश्वका धेरै देशका अनुभवले देखाएका छन् कि भीषण द्वन्द्व र सङ्क्रमणले धेरै घाउहरू दिए तापनि साहित्यले त्यस्ता कालखण्डबाट आफ्नै किसिमले पाठ लिन्छ । द्वन्द्व र सङ्क्रमणबीचबाट कतिपय कालजयी कृतिहरू निक्लेका छन् । नेपालमा पनि समाजले भोगिरहेको सङ्क्रमणलाई सम्बोधन गरी धेरैजनाले धेरै कुराहरू लेखेका छन् । समसामयिक टिप्पणीका रूपमा अखबारी लेखहरूमार्फत् मात्र होइन, साहित्यमार्फत् पनि त्यस्तो सरोकार प्रचूर मात्रामा प्रकाशित भएका छन् । तर यस्ता पहलहरूमा प्रायः राजनीतिक नाराबाजीलाई साहित्य वा काव्यको जामा पहि¥याउने प्रयत्न भइरहेका हुनाले तिनको गुणवत्ताले निराशा जन्माइरहेको थियो । यस्तो बेलामा कवि पोखरेलले भने हिमवत्खण्ड महाकाव्यजस्तो कृति दिएका छन्, जुन नेपाली वाङ्मय (विशेषतः महाकाव्य विधा) मा कोसेढुङ्गा बन्ने देखिन्छ ।
परम्परागत पहिचानका राम्रा पक्षहरुको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन तथा नराम्रा पक्षहरुको त्याग, विनाश र आवश्यक परेका खण्डमा परिष्कार, परिमार्जन, संशोधन सहित नयाँ उपलब्धि हासिल गर्नकालागि पनि हामी क्रियाशील रहनुपर्छ भन्ने मान्यतालाई कविवर पोखरेलले आत्मसात् गरेको देखिन्छ । विगतको महान् विरासतलाई सुहाउँदो राष्ट्रिय पहिचान वर्तमानमा पनि जाज्वल्यमान राख्न सक्नु जरुरी छ भन्ने बुझेरै उनले प्राचीन सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतनाबीच सन्तुलन मिलाउन विशेष जोड दिएको पाइन्छ ।
कि पुरानै कुरामात्र चपक्क समातेर वर्तमानयुगीन संचेतनालाई ढिम्किनै नदिने; किचाहिँ प्रगतिवाद, आधुनिकता, उत्तरआधुनिकता वा अन्य कुनै वादको चस्मा लगाएर प्राचीनतालाई पूरापूर नकार्ने — यस्ता अतिवाद नेपाली साहित्यिक समुदायमा पनि देखिन्छ । तर कवि पोखरेल आफ्नो सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतना दुवैसँग पूर्ण परिचित रहेका छन् । यो तथ्य उनले मृत्युञ्जय महाकाव्य (वि.सं. २०४७ मा मदन पुरस्कार पाएको कृति) जस्ता कालजयी कृतिमार्फत् स्थापित गरिसकेका हुन् । प्राचीन सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतनाबीच सन्तुलन मिलाउन सक्ने कवि पोखरेलको खुबी हिमवत्खण्ड महाकाव्यमा पनि प्रष्टसँग प्रतिष्ठित छ । उपर्युक्त विशेषतासमेतका आधारमा मूल्याङ्कन गर्दा यो महाकाव्य नेपाली वाङ्मयको अति विशिष्ट प्राप्ति हो ।
तनहुँ
सम्प्रति :- भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ् आर्ट्स, हात्तीवन, ललितपुर ।
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-19026489843047508592020-05-27T03:09:00.000-07:002020-05-27T03:09:03.161-07:00मधुयाम जिन्दगीमा आजै आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥
आयोदधौम्य (निर्मलमणि अधिकारी)
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-29872503677018796892020-04-05T20:54:00.001-07:002020-05-27T03:06:03.775-07:00अघि बढौँ यो युग हाम्रो हो
हुँदैन यो दुरवस्था/दुर्दशामा रल्लिन;
तीर्थंकर र बुद्धका आशिर्वाद पनि हामीसँगै छ;
अनेकौँ आचार्य, गुरु, सन्तका मार्गदर्शनको परम्परा छ हामीसँग;
अघि बढौँ यो युग हाम्रो हो ।
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-13548875961497849932018-04-23T19:42:00.001-07:002018-04-23T19:42:27.706-07:00मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ
मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ
(वि.सं. २०६० जेठ ६ गते लेखिएको कविता)
— निर्मलमणि अधिकारी
(१) सुप्रिया !
आऊ आज एउटा पुस्तक पढौँ —
त्यही पुस्तक,
जुन भुलेको थिएँ मैले
उहिल्यै पढूँला भन्दाभन्दै —
आऊ हामी आज पढौँ
तिमी र म मिली —
उही पुस्तक ।
(२) छोरी !
म देख्न चाहन्छु
तिम्रो आँखाको ज्योतिबाट,
तिम्रो अन्तर्दृष्टिबाट
म आफैंलाई चाहन्छु अनुभूत गर्न,
अनि तिम्रै माध्यमबाट चाहन्छु  साकार पार्न
अपूर्ण मेरो अतीतलाई ।
(३) यशस्विनी !
म जन्मँदा मसँगै जन्मेका थिए
मेरा पिता–माताका सपना,
मेरा बन्धुवान्धवका आग्रहको परिधि
हरहमेशा मलाई घेरिरहेका हुन्थे,
अवसाद !
न मैले मेरो आफ्नो राजमार्ग
निर्माण गर्न सकें,
न मेरा पिता–माताको सपना
पूर्ण–साकार पार्न सकें,
न त बन्धुवान्धवका आग्रहको
परिधिलाई नै दिन सकें सम्पूर्णता,
यतै कतै अलिकतिमा अल्झँदैमा
बितेछन् मेरा दिनहरु—
म चाहन्नँ यो त्रिशंकुमा तिमी फस,
तथापि
यति पक्कै बुझ्नेछ्यौ—
म तिमीमा आफ्नो जीवन सार्थक
साकार देख्न चाहन्छु ।
(४) नानु !
थाहा छैन कति अधिकार छ,
के थाहा यो कति नैतिक हुने हो—
आफूचाहिं केही गर्न नसकेरपनि
छोरीबाट आशा राख्ने /
आफ्नो अधूरो लक्ष्य बेध गर्न  तिमीलाई आयुध बनाउने
वा आफ्नो आस्था
तिमीमाथि रोपण गर्ने /
पुनः संरचना गर्ने जीवन–स्वप्नको—
के अधिकार छ मसँग ?
अन्यमनस्क भावसँगै
भित्र एउटा हठ छ, छोरी !
आऊ आज एउटा पुस्तक पढौँ —
त्यही पुस्तक,
जुन भुलेको थिएँ मैले
उहिल्यै पढूँला भन्दाभन्दै—
आऊ हामी आज पढौं
तिमी र म मिली—
उही पुस्तक ।
(५) सानु !
यी यो तूलिका हेर
मैले चित्र कोर्न चाहेको
खै यो रंगको पोखाइमात्र बनेछ,
अब म चाहन्छु तिम्रो कलाकारिता
पुनः रेखांकन गरोस् यो तूलिकालाई
हाम्रो जीवन मुस्कुराओस्
यो भित्ताभरि अटाई–नअटाई ।
(६) सुपुत्री !
मलाई अझै याद छ
तिम्रो आगमनले हाम्रो जीवनमा
नयाँ अध्याय आरम्भ गरेको थियो
पूर्ण सुरुचिपूर्ण—
तत्क्षण जीवनबाग पुष्पित–पल्लवित
नयाँ परिभाषा जीवनको
नयाँ आयाम जिउनुको
सुन्दरताको स्वानुभूति
सुखानन्दको पुगिसरी
र अबको चाहना—
सधैंकालागि मूर्तिकरण गरौं आऊ
हाम्रो जीवनलाई मानक बनाउन
योगदान गर्नुछ तिमीले ।
(७) यशस्विनी !
सुप्रिया !!
मेरी मैया !!!
शायद थाकेको आकाश हूँ म
लालिमा समेत हराइसकेको,
तर दूर कतै उज्यालोको पूर्वाभाषले
पुनर्जागरणको आशामा
आफैलाई आश्वासन दिंदै गरेको  पुजारी त्यही उज्यालोको
कि कतै तिमीले आह्वान गरेर
वा समातेरैपनि जबर्जस्ती
त्यसलाई हाजिर गराउँछ्यौ भन्ने
सोचेर प्रतिक्षारत ।
(८) प्रिय छोरी !
मेरी तेजस्विनी !!
निरन्तर यात्राको परिणति हो
परमतत्वको प्राप्ति त—
भगीरथ–प्रयत्नले युग युग
बिताइसकेर मात्र गंगा अवतिर्ण  गराउन सकेझैं,
के तिमी मेरालागि
मेरा योगको सिद्धिकालागि
भावी युगको प्रकाशपुञ्जकालागि
भगीरथ बन्छ्यौ ?
पढ्छ्यौ त्यही पुस्तक,
जुन भुलेको थिएँ मैले
उहिल्यै पढूँला भन्दाभन्दै ?
(९) प्रियदर्शिनी !
जुन युगको उद्घोष मैले गरें
त्यो थियो तिम्रैनिम्ति,
तिम्रा संगीहरुकानिम्ति,
तिमीभन्दा सुदूर भविष्यमा  आउनेहरुकानिम्ति,
सारा मानव समाजकानिम्ति—
तर नभ्याइकनै त्यसको जग हाल्न
हेर न मेरो त अन्त्य आइसकेछ,
आरम्भमै सकिएछ मेरो इन्धन त,
यात्राको समापनको बेला भइसकेछ,
छोरी !
के मेरो काम अपूरै रहला त ?
के तिमी सम्हाल्छ्यौ उत्तरदायित्व ?
(१०) मेरी उत्तरा !
लालयिता !!!
मेरी सर्वोच्च सम्पत्ति तिमीनै हौ—
मेरो जीवनकी निरन्तरता,
मेरो प्राणशक्तिकी मूर्तता,
मेरो इच्छाशक्तिकी स्वरुप,
जब तिमी छ्यौ त म छँदैछु ।
(११) यशस्विनी !
ए छोरी !!
मलाई पूर्ण विश्वास छ
तिमी पढ्नेछ्यौ मेरा पुस्तकहरु,
तिमीलेनै लेख्नेछ्यौ मेरा लेखनीले,
मेरा आवाज तिमीनै बोल्नेछ्यौ,
म तिमीमै मूर्त हुनेछु—
साकार / सार्थक,
मेरो युग–कल्पना तिमीबाटै
हुनेछ पुष्पित–पल्लवित,
उज्यालोलाई जसरीपनि ल्याइछाड्ने
मेरी भगीरथ तिमीनै बन्नेछ्यौ,
र त्यसको तयारीकालागि
आऊ हामी दुबै मिलेर
एउटा पुस्तक पढौँ।
(वि.सं. २०६० जेठ ६ गते, मंगलबार, रातको करीब १०ः१५ बजेको समयमा समाप्त,
लेखनस्थान— कीर्तिपुरस्थित डेरा)
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-16668364882052889232017-07-11T00:11:00.000-07:002017-07-11T00:15:40.160-07:00‘आयोदधौम्य’ निर्मलमणि अधिकारीकृत — "लक्ष्यवेध"
लक्ष्यवेध
— ‘आयोदधौम्य’ निर्मलमणि अधिकारी
(वि.सं. २०६५ मा प्रकाशित पुस्तक “आठ खण्डकाव्यहरु आयोदधौम्यका” मा संग्रहित)
पहिलोपटक लेखिएको मिति : २०४८ पुस १८ गते बिहीबार ।
पुनर्लेखन : २०५३।४।१३ आइतबार ।
प्रकाशित मिति : वि.सं. २०६५ (सन् २००८) ।
पात्रहरु :
ऋतक्रथु
महर्षि भारद्वाज
परमेश्वर (परमात्मा)
सूत्रधार
कवि
सन्दर्भ :
महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा आफ्ना गुरुका चरणमा दण्डवत् गर्दाको क्षणबाट उठान गरी उनी ‘राजर्षि ऋतक्रथु’ भई ‘लक्ष्यबेध’ प्राप्तिसम्म ।
लक्ष्यवेध
पूर्वभाग
१.
“वत्स !
उठ, अब उठ,
चरीहरुसमेत उठिसकेका छन्,
मेरो पाउमा परेर
समय नबिताऊ तिमी,
उठ,
प्रसन्न छु म,
लक्ष्यबेध प्राप्त गर ।”
२.
“लक्ष्यबेध ?!
छु म कहिल्यै लक्ष्यच्यूत र ?
लाग्दैन कहिल्यै लक्ष्यच्यूत भएझैँ,
तब यसको अर्थ के ?
छैन म च्यूत भने,
औचित्य आशिर्वादको के ?
महर्षिको वरदान — खै हो यो के ?
यसको उपादेयता के हँ ?”
३.
“के हुन् मेरा लक्ष्यहरु ?
के हुन् मेरा आकांक्षाहरु ?
आकांक्षा लक्ष्य–सापेक्ष वा
लक्ष्य आकांक्षा–सापेक्ष ?
मैले फाल्नु पर्ने काँडा
अल्झेको त छैन कतै ?
प्रत्युपकार कसैलाई गर्नु पर्नेमा
कृतघ्नता देखिएको त छैन कतै ?
वर–पिपलको छहारीमा
बस्ने/बसेको आत्मरतिमा
सिमलमुन्तिर त छैनँ म ?
(मन सिमलको भुवाझैँ उड्यो भने नि !)
र कुवाको खोजीमा
मरुस्थलतिर शनैः शनैः
लागिरहेको त छैनँ म ?”
४.
“समयका पाइलाहरु
के सक्दो हूँ रोक्न ?
अनि, यसलाई खिचेर बन्द गरिदिन
ठूलो फलामे पिँजडामा
वा चाँदीको महलमा थुन्न
सुनको सिक्रीले जकड्याएर,
अल्मल्याउन/खल्बल्याउन म सक्दिनँ
बैशाखदेखि बैशाख र
वसन्तदेखि वसन्तका क्रमहरु
(पुनरावृत् बैशाख÷वसन्त उही हो र ?)
र शैशवदेखि वृद्धतातिर घिसार्ने
ती क्षणहरु रोकिएलान्
मैले चाहँदैमा ?
(किन हुँदैन —
रातपछि बिहान ?)”
५.
“हिमाम्मे भएका छन् —
ती काला केशहरु,
कुनै पर्दा छैन ढाक्ने —
झोल्लिएका गालाहरु,
सक्दैन उकास्न कसैले —
धसिएका नयनहरु,
तन्किँदैनन् अब —
गुजुमुज्ज रेखाहरु,
कसैले तताउन पनि सक्दैन —
मेरो धमनीमा आएको चिस्यानलाई
र म मुक्त हुन पनि सक्दिनँ —
आफैलाई विषाक्त पार्ने
जीवकोषका ती जीवकेन्द्रहरुबाट ।”
६.
“वासन्ती वहारहरुले पनि,
दुःखका कहरहरुले पनि,
विचलित पार्न सक्दैनन् मलाई
र
म उच्छृङ्खलित हुन्नँ
म विचलित हुन्नँ
म स्खलित पनि हुन्नँ,
अनि सहरको यो भिडमा
म हराउन चाहन्नँ ।”
७.
“मलाई स्वतन्त्रता देऊ
ए मान्छेहरु !
एक्लै भड्किरहन देऊ
जङ्गल–जङ्गलमा,
स्वयम् सड्किरहन देऊ
दिवा स्वप्नमा,
चाहे सगरमाथातिर अक्कासिऊँ म
या समुद्रको पिँधमा धसिऊँ म,
अट्टालिकामा चैन थुनेर रम्न चाहन्नँ म,
जङ्गलतिर माटो चुम्न देऊ मलाई
ए मान्छेहरु !
स्वतन्त्रता देऊ मलाई ।”
लक्ष्यबेध
मध्यभाग
सन्दर्भ :
निष्कण्टक राज्यश्री भोगको अधिक् कालावधिपश्चात् बुढ्यौली र क्रमशः वैराग्यबोध एवं त्यो स्वत्व भार महसुस भएपछि निवृत्ति औ वानप्रस्थाश्रमको इच्छा । मध्यभाग उनको राज्य–गृह–त्यागपश्चात् उनी गुरु महर्षि भारद्वाजसमीप पुनः जानेक्रममा उठान ।
८.
“नाङ्गा मेरा पयरहरुमा
यस्तो अजेय शक्ति छ —
दुख्दैन – काँडामा टेके पनि,
काट्दैन – धारिला तरबार माथिका हिँडाइले पनि,
किन मेरो पाउ मात्रै,
म स्वयम् पनि अजेय बनिसकेको छु ।”
९.
“अब
त्यो दिन फर्केला ?
म यहाँका चपल मृगशावकहरुसँग
निर्बन्ध, स्वतन्त्र
डाँडाकाँडा र पखेरातिर दौडन्थेँ,
काँठकाँठमा पुग्थेँ
र डाँफे, मुनाल मात्र हैन,
कोइली र काग, सुगा र हंसहरुसित
अन्तरिक्षमा अक्कासिँदै गर्थेँ
‘कुखुरी काँ’ले उठाइएर
गाईहरुका÷बछडाहरुका बाँ बाँमा
नदीसँगै सुसाउँथेँ, घोडासँगै हिनहिनाउँथेँ,
बाघ/सिंहका गर्जनमा
सङ्गीतको मृदुताले
क¥याङकुरुङका जोडीहरुको उद्भट्याइँमा
म मख्ख पर्थेँ,
फूल र काँडा — सम,
वृक्षप्रदत्त शीतलता र गृष्मी तप्तता — सम
र
पानीमा पौडने माछा र विषधर डसाहा सर्पहरु — सम,
सबैमा अनन्य मैत्री थियो
त्यो दिन
अब फर्केला ?”
१०.
“आचमनियम्, पुनराचमनियम् ...
पिण्डस्थाने पिण्डम् ...
आज फेरि म यहीँ फर्केको छु —
आरोह–अवरोह भोगेर,
नदी–बगाइमा ढुङ्गा–ढुङ्गामा ठक्करिएर,
उकाली चढेर / ओराली झरेर,
आफ्नो अहंअघि अरुको अहं दग्ध पारेर÷
आफ्नो अहंमा स्वयम् पिल्सिएर
फर्केको छु यहीँ,
यहीँ लुट्पुटिन आइपुगेको छु
(यही हो बैशाखदेखि बैशाखको पुनरावृत्ति ?),
झझल्को छ ती दिनहरुको अझै
ममता छ ती चुहिएका समयहरुप्रति
तर खै,
खै हँ त्यो क्षण ?
रौनक ?
अनुत्साहित छु आज,
मृगशावक दौडेकै छन् /
माछाहरु पौडेकै छन्
र
म — निर्विकार, निरुद्देश्य
र
भावहरु — निराकार ।”
११.
“सगर निराश छ
नदी श्रान्त छ
प्रकृति क्लान्त छ
फूल म्लान छ
र
उडिरहेछन् धूलाका कणहरु,
तापमान बढिरहेछ
पत्थर टुक्रन्छ मात्रै
रुखका टुप्पामा / लताका झुप्पामा —
उदासी फलिरहेछ
(एक्लाइको पीडा !)
र
बस्तीतिर
तारणहारको पर्खाइमा विशृङ्खलित
अराजकता बाँच्दैछन् मान्छेहरु,
पहाड गल्दैछ
सृष्टि ढल्दैछ ।”
१२.
“फेरि तिम्रो आँगनमा छु
दैलो ढक्ढक्याउँदै छु
पूर्णता/अपूर्णता लक्ष्यबेधको —
अन्जान छु,
लक्ष्यच्यूत भएको छैन
(लोकमा यसै भनिन्छ अरे)
पुनः साष्टाङ्ग दण्डवत् !
म लक्ष्यबेध चाहन्छु,
बुझेर/नबुझेर
पर्खाइमै एउटा प्रीत साँचेको छु मैले ।”
१३.
“वत्स !
उठ, अब उठ,
जञ्जालबाट निस्केरै मात्र
‘लक्ष्यबेध’ हुँदैन/भा‘छैन,
जाऊ
‘लक्ष्यबेध’ प्राप्त गर ।”
१४.
“गुरु !
छौ निष्णात् पूणरुपेण
ज्ञानको कण–कणमा,
आज पनि तिमी मलाई
आशिर्वाद दिँदैछौ लक्ष्यबेधको,
हिजोझैँ
आज पनि म
प्रणाम गर्दैछु बिदाइको
लिएर उही शब्द–वरदान,
खै मेरो रथ कहाँ छ ?
मेरौ वैभव कहाँ छ ?
यहीँ, परिमार्जित÷परिष्कृत स्वरुपमा,
बिदाइ — बिदाइ हो
यात्रा — यात्रा हो
तर खै बाटो ?
बाटो खै ?”
१५.
“मैले एक्लै जीउनु पर्छ अब
मैले एक्लै हिँड्नु पर्छ अब
मैले एक्लै सिक्नु पर्छ अब
मैले एक्लै बुझ्नु पर्छ अब —
मसँग छैन त्यो याम
मसँग छैन त्यो आयाम
मसँग छैन त्यो सङ्ग्राम
मसँग छैन त्यो प्रणाम
र
म आफू, आफ्नोनिम्ति, आफै बाँच्नेछु ।”
१६.
“अहैतुक होइन यो यात्रा, किंतु
जति लक्ष्यबेध रटेपनि÷चाहेपनि÷खोजेपनि
आजसम्म न बुझेँ / न पाएँ / न भेटेँ,
परन्तु —
आजपर्यन्त म
‘लक्ष्यबेध’ रट्दैछु
‘लक्ष्यबेध’ चाहँदैछु
‘लक्ष्यबेध’ खोज्दैछु
र
यो यथार्थ —
‘लक्ष्य’ नै स्पष्ट नभएको यो बेला
त्यसलाई कसरी ‘बेध’ गर्ने ?”
लक्ष्यबेध
उत्तर भाग
(क)
सन्दर्भ :
पुनः लक्ष्यबेध पाउने वरदान पाएका राजर्षि ऋतक्रथु तपस्यारत ।
१७.
“कल्कलाउने पानीको मूलमा
विगतका भूलहरु पखाल्दै,
आगोको लप्काले
आफैलाई डढाउँदै,
सुसेलीका प्रतिध्वनिहरु गुम्फित पार्दै
स्वयम्मा, कठोर प्रतिरोध गर्दैछु
जाडो/गर्मी, हूरी/बतास सबैमा अविचलित
लू र हिमपात — फरक छैन,
अडिग छु —
सिद्ध पार्न उनको वाणी ।”
१८.
(सूत्रधार :)
उनको लक्ष्यबेधमा —
देहसुख बहिष्कृत छ,
तैमुरझैँ लुटको आँधी बनेर
क्षेयार्सलेझैँ एथेन्स डढाएर
हक्र्युलसलेझैँ आकाश उठाएर
हिटलरलेझैँ साठी लाख जनलाई खरानी पारेर
र
सिकन्दरझैँ दिशा–विदिशा जिताहा बनेर
लक्ष्यबेध हुँदैन,
न अर्जुनको गाण्डीव काम आउँछ
न त भीमको लौह गदा,
हिरोशिमा र नागासाकीमाझैँ अणु बमले दग्ध पार्ने शक्ति आर्जन गरे पनि
हुँदैन विजय,
रोमको डढाइसँग निर्लिप्त नीरो —
पाउँदैन लक्ष्यबेध,
कुइरोमा भट्केको कौवा
के गरोस् लक्ष्यबेध काशी धाउँदैमा
न त गुम्बा, मस्जिद, चर्च र मन्दिरबीचको विभेदक
भेटाओस् लक्ष्यबेध ।
१९.
घुमिरहेको माछो बेध गरेर
द्रौपदी–योग्य ठहरिएजस्तो होइन
न त यो सीताका लागि मापदण्ड ठहरिएको
शिवधनु तोडेजस्तो हो,
यो अर्कै हो
परम् हो
लक्ष्यबेध हो ।
२०.
भूगोलमा कैद हुँदैन
तर निर्बन्ध छटाउँदैन,
असन्तुलित धड्कँदैन
तर निर्जनतामा तड्पँदैन,
निरपेक्षताको खोलमा पलायनको खेल पनि त रचिँदैन,
यो विस्तृति हो विस्तृति ।
(सूत्रधार प्रस्थान)
२१.
“मैले —
देखेँ
चिर्ने
छोएँ ।”
२२.
“हैन,
पाए–पाएजस्तो मात्र रै‘छ
अझै म सफलताको चौघेराभित्र छैनँ
अझै म सन्तुष्टिको शिखरमा छैनँ —
व्यग्रता, अतृप्ति, तृष्णा
यो लक्ष्यबेधको अवस्था कहाँ हो र !”
२३.
(सूत्रधार :)
अब उनका वाणीहरुमा
असत्यको पर्दा छैन
अहंको आडम्बर छैन —
शुभकामनाको कञ्चनजङ्घा
शुभाशिषको प्रशान्त
र
सार्थकताको उत्थान छ ।
२४.
“दुरुह र दुःसह रहेछ यो मार्ग
असाध्य रहेछ
देह — दुर्बल
शक्ति — छिन्नभिन्न
प्राण — क्षीण,
भारद्वाज ! मेरा गुरु !!
के मैले लक्ष्य बेध गरूँला ।”
२५.
“वत्स !
उठ, अब उठ,
आशिर्वाद साथ छ मेरो
तिमीले हरेक सर्तमा जित्नै पर्छ
बरु त्याग जीवन, सिद्ध्याऊ यो देह
स्वआहुति गर
अनसन गर्नै परे पनि नतर्स
अँ हँ, च्यूत हुनुहुन्न
बरु मर, तर नडर
स्वयम्लाई बीजसरि छर
सुन तिमी
उठ !!
लक्ष्यबेध प्राप्त गर ।”
२६.
“भत्किन सक्दैनन सङ्कल्पका डीलहरु
शान्त हुँदैनन् अशान्तिका छालहरु
मैले उठ्नै पर्छ
स्पन्दनलाई मातृलाई समाहित गराएर
गरा–गरामा तरङ्गित
लक्ष्यबेध फूलाउनै/फलाउनै पर्छ ।”
२७.
“सुनायौ श्रुतिका वचनहरु
‘प्रणवो धनुः शरो ह्यात्मा ब्रह्मतल्लक्ष्यमुच्यते’
दियौ आदेश मलाई
‘तज्जपस्तदर्थभावनम्’ —
म प्रणवको निदिध्यासनमा
समाहित हुनेछु,
स्वीकृति देऊ मलाई
म कलिमा पनि अक्षुण्ण राख्न सकूँला
वानप्रस्थाश्रमको गौरवलाई
काल र समय भन्दा अघि फर्केर
रहन पनि सकूँला —
सम्बल छ तिम्रो आशिर्वाद/ तिम्रो वरदवाणी ।”
उत्तरभाग
(ज्ञ)
सन्दर्भ :
कठोर तपले बिस्तारै सफलतातर्फ उन्मूख हो कि जस्तो लागे पनि अभीष्ट–सिद्धि नभइसकेकोले केही निराशाजस्तो, तर त्यसप्रतिको अत्याग्रह र प्राप्तिको हठ कायमै रहेको र पुनरावलोकन आरम्भ गरिएको अवस्थामा ‘ज्ञ’ अर्थात् ज्ञान भागको उठान ।
२८.
“अवश्य कहीँ त्रुटि भएकै छ
कहीँ न कहीँ भ्वाङ परेकै छ÷ प्रमाद भएकै छ
नत्र किन सुनिएन पुकार ?
किन यो बहिरोपन ?
किन ?”
२९.
“आखिर मादल बज्नै पर्छ
बाँसूरीको धून सुनिनै पर्छ
त्यतिले मात्र पुग्दैन,
कुनै दिन
पञ्चैबाजा गुञ्जिनै पर्छ ।”
३०.
“वत्स,
वरम् ब्रुहि,
माग वरदान ऋतक्रथु !”
३१.
“केही चाहन्नँ म
मिलोस् इन्द्रगद्दी नै पनि,
वैकुण्ठ पनि चाहिन्न मलाई
प्रभु !
गोलोक/साकेत पनि माग्दिनँ म,
ईश्वर !
लक्ष्यबेध मात्र म चाहन्छु ।”
३२.
“जित — विषयलाई,
जित — भेदलाई,
अकार उकार मकारको
संयुक्त भावमा डुबुल्की मार नाद र बिन्दुसहितको,
बुझ एकीय स्वरुप हरिहरब्रह्माको,
ॐ बुझ,
आत्मा–परमात्माको ऐक्य साक्षात्कार गर,
त्यही हो लक्ष्यबेध ।”
३३.
(सूत्रधार :)
अब
उसको निम्ति हुनेछैन
उज्यालो/अँध्यारो,
उसको निम्ति हुनेछैन
स्नान–सन्ध्याको समय,
उसको निम्ति हुने छैन
आरोह/अवरोह,
कालातीत भएको छ ऊ
ज्योतिपुञ्ज भएको छ ऊ
दिव्य नादमा समाहित
अनन्त भएको छ ऊ —
लक्ष्य बेध गरेर ।
(समाप्त)
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-56816138382615570292017-05-19T06:35:00.000-07:002017-05-19T06:35:06.119-07:00गर तयारी अलमल्ल नपरी
लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको
के अर्थ परेवाहरु यता वा उता लाग्नुको ।
मदारी अरु नै कोही छ,
प्रभु अर्कै छ उनीहरुको,
नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;
तब के अर्थ पक्ष र विपक्षमा अल्मलिनुको ।
हेर, चिन, बुझ, चिन्तन गर -
के छ जटिलता चक्रव्यूहको;
गर तयारी अलमल्ल नपरी-
नेतृत्व गर्न प्रतिमान परिवर्तनको ।
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-72935667623580884492015-01-08T10:57:00.000-08:002015-01-08T10:57:07.018-08:00 जीवन : अन्तर्दृष्टि (खण्डकाव्य) को पहिलो खण्ड
कृति —  जीवन : अन्तर्दृष्टि
विधा —  खण्डकाव्य
कवि —  आयोदधौम्य
प्रकाशक —  तरङ्ग साहित्यिक अभियान
प्रथम संस्करण —  वि.सं. २०६८ (सन् २०११)
पहिलो खण्ड
१)
चिहाँऽऽ ........... चिहाँऽऽ ........
सिकाइएको थियो जसरी म नजन्मन्दै—
जन्मनासाथ रोइदिएँ,
रुनमात्र जानेको थिएँ —रुन्थेँ ।
२)
एक दिन मलाई सिकाइयो
जीवन होइन रुनुमात्रै
..... र सिकाइएको थियो जसरी म जन्मिनासाथ—
म हाँसिदिएँ,
हाँस्न सिकाए —हाँसिदिएँ ।
हाऽऽ... हाऽऽ...
हुऽऽ.. हुऽऽ...
होऽऽ... होऽऽ...
हेऽऽ... हेऽऽ...
मुसुक्क.........
खितित्त.............
ङिसिक्क.........
खुसुुक्क.........
छुसुक्क.....
जानियो धेरै प्रकारहरु हाँसोका
र म हाँस्थेँ ।
३)
“ए ! हुँदैन रुनुमात्रै त्यसरी ............”
“एऽऽ ! हैन हाँस्नेमात्रै यसरी ............”
“ए ! बास्नु हुन्न उन्मुक्त त्यसरी ..........”
“एऽऽ ! पाइन्न कोकोहोलो हाल्न यसरी .........”
र मैले बुझें— हाँस्नु हुन्न ÷ रुनुपनि हुन्न ।
४)
“तपाईं त ठ्याम्मै हाँस्नु हुन्न नि !
भएन यसरी त,
हाँस्नुप¥यो
—हाँस्नुमै त छ जिन्दगी ।”
५)
“क्याहो !
तपाईं त रोएकै देखिन्न,
सुखमा मात्तिने बानी ठीक होइन है
—रुनुपनि शाश्वत–सत्य हो बुझ्नु भो ?
रुनुमै त छ जिन्दगी ।”
६)
अँ, ढिलै भएपनि बुझेँ—
हाँस्नुमापनि छ जिन्दगी ÷जिन्दगी छ रुनुमापनि,
हाँस्नु पर्छ — रुनु पर्छ
रुनु पर्छ — हाँस्नु पर्छ
र बुझेँ जे मैले
जसरी मलाई सिकाइएको थियो
एक्कैछिनमा रुन्थेँ, हाँस्थेँ एक्कैछिनपछि;
उँऽऽ उँऽऽ .......
हाऽऽ हाऽऽ .........
सुँक्क.... सुक्क...........
खिसिक्क........ मुसुक्क..........
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-39062794987092257432014-02-27T21:50:00.001-08:002014-02-27T21:50:55.300-08:00पूर्वप्रकाशित खण्डकाव्य "लक्ष्यवेध" बाट एक टुक्रा
“वासन्ती वहारहरुले पनि,
दुःखका कहरहरुले पनि,
विचलित पार्न सक्दैनन् मलाई
र
म उच्छृङ्खलित हुन्नँ
म विचलित हुन्नँ
म स्खलित पनि हुन्नँ,
अनि सहरको यो भिडमा
म हराउन चाहन्नँ ।”
- आयोदधौम्य
लक्ष्यवेध (खण्डकाव्य) बाट
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-58754462830954726502012-08-03T13:26:00.001-07:002012-08-03T13:26:30.495-07:00मेरी आमा
मेरी आमा
यो कविता वि.सं. २०५२ सालमा पोखरामा लेखिएको हो । त्यतिखेर मेरी आमा सिकिस्त विरामी, जीवन-मृत्युको दोसाँधमा पोखरामा अस्पतालमा हुनुहुन्थ्यो । हामी यति व्याकुल थियौंकि त्यो क्षण सम्झँदा अहिले पनि म आत्तिन्छु । पछि उहाँलाई काठमाण्डौं लगी ठूलो 'अपरेसन' गर्नुपर् यो र वर्षौं पीडित बनेपछि उहाँलाई सन्चो भयो । अहिले उहाँ शारीरिक रुपमा कमजोर भएतापनि सामान्यतया आराम नै हुनुहुन्छ । उहाँको मायाको कुनै उपमा छैन यस संसारमा; एक आदर्श आमा हुनुहुन्छ मेरी आमा ।
- निर्मलमणि अधिकारी
महिनौंसम्म गर्भमा तिम्रो बसें र म जन्में
तपस्या ठूलो तिमीनै आमा पाएर म जन्में
हे मेरी आमा काखमा राखी तिमीले मलाई
सेकेकी थियौ कुनामा बसी दाउरा जलाई
भोकले आँत हर्हर भयो भोकाइनौ तैपिन
दुःखले कति रुवायो मलाई रुवाइनौ तैपनि
मेला र पात उकाली हिंड्दा छोरालाई संझेर
दिएको खाजा पटुकी भित्र भोकै छ गमेर
एक तुर्की दूध पिइनौ तर पियायौ मलाई
शीतल माया दिई नै रह्यौ आफैलाई जलाई
प्राण भन्दा प्यारो मलाई गरेकी तिमीले
झल्झल सम्झी बसेको छु बिर्सन्नँ मैले
बढेर ठूलो यो छोरो होला फर्केला सुदिन
सुख त त्यही दिनमा हुन्छ देला यो जुन दिन
कोदाको रोटी मकैको ठेला खाएर आफूले
पकाइदिन्थ्यौ स्वादिष्ट खाना खानेछ छोराले
घटघट छोराले पानी पिएको देखेर
तिर्सना मेट्ने महिमा तिम्रो सक्दिनँ लेखेर
जाडो आउँदा सर्दीको पीर लागेर रातमा
पटक् पटक् उठेर हेर्थ्यौ छोरा छ साथमा
लाम्खुट्टे आउँथ्यो छोरालाई टोक्दा दुख्थ्यो आमालाई
नपोल्दे मेरो नानुलाई भनी फकाउने घामलाई
लिखा र जुम्रा परेभने उडाउँछन् तिमीलाई
भनी भनी दिनदिनै नुहाउने मलाई
मैलो भयो लाएको लुगा नराम्रो देखियो
लगाइदिई अर्को लुगा माया त्यो पोखियो
मिची मिची नरम बनाई खुवाउने खाना त्यो
पानी कम भएछ पाक्दा अहो कडा भो
साधारण जरो आउँदा निस्लोट भएको
ठानेर तिमी प्रेमले गर्दा कस्तरी रोएको
मेरो राजा भनेर खाली काखमा राखेर
रक्षा गर परमेश्वर भगवान् डाकेर
वारीपारी छताछुल्ल त्यो खोला बढेर
पाल्नेछ मलाई जागिर खाई धेरैनै पढेर
दिव्यरुप्को छ छोरो मेरो प्राणको आधार
भनेर मनमा गमेर बस्थ्यौ झार्दिनँ चंधारा
दुःख त मलाई दुई-चार वर्ष सानो छ नानु यो
कर्तव्य मेरो लालन पालन गर्दै नै जानु हो
झोलुंगोमा रुँदा छोरो हिर्दय हल्लियो
बनाउनु पर्छ संसार भरमा यसैलाई बलियो
सानामा उचित स्याहार दिई हुर्काउनुछ मैले
भनेर खाली कल्पने तिम्लाई छोड्दीनँ म ऐले
कर्तव्य आफ्नो थाहा छ मलाई देवी हौ तिमी त
परमेश्वरी आमा तिमी परमेश्वर जनक
एक वर्ष नपुग्दैदेखि बिरामी भैगयो
रातको निद्रा दिनको चैन छोराले लैगयो
धामी र झाँक्री डाक्टरहरु बोलाई बोलाई
लौन आऊ शान्त पार यो मेरो मनलाई
भनेर मलाई लड्दै-पड्दै बचायौ त्यसरी
बैगुनी आज बिसे्रर विगत बन्छु म कसरी
नुनको ढिको टोकेर अनि पानीले निलेर
एक गास भात खाएर बस्यौ मुख नै बारेर
सल्लाह र सम्मतिमा डाक्टरहरुको
गरिनौ भर स्याहार गर्न जहान अरुको
जागेर चाँडै कुखुरो समेत नबास्दै रातमा
सकेर काम उठाउने मलाई मायाको साथमा
आँसूको भेल बहाई रोयौ हे मेरो लाल् भनी
एकैछिन् अघि खेल्दै थियो ऐले के भो नि
उठ न उठ सुतेर किन बस्दछौ यसरी
हे मेरो प्राण छाडेर नजाऊ मलाई यसरी
छाडेको थिएँ संसार सब माया नै मारेर
फर्केर आएँ नसकी जान तिमीलाई छाडेर
मरेर बाँच्यो त्यो दिल हाँस्यो संसारै उज्यालो
झलमल्ल लागेको घाम तिम्रो दिलको
दुःख र कष्ट मलाई नै देऊ छोरालाई बचाऊ
एउटा त गयो अर्कालाई छोड यो मन हँसाऊ
एउटा-एउटा माया अन्त दुइटाको माया यो
प्राण मेरो यै छोरो बन्यो नगर रिस भो
हाँसेर खेल्ने भित्र र बाहिर छोरा र छोरीलाई
देखेर पनि नदेखे मलाई ननिको तिमीलाई
रोगले साह्रै गलित पार् यो छाड्दैन यसलाई
भनेर खालि सुर्ताले आधा पार् यो त्यो जीउलाई
खाएको पनि नखाएजस्तो जगतै अँध्यारो
मलिन भए छोराको मुहार भूतघर पँधेरो
भँयर झाँक्री देवी र देउता सम्झेर भाकेर
नराम्रो हेराइ नगर प्रभु यसलाई ताकेर
दान पुण्य गर्दापनि निरोगी छोरो होस्
थकित गलित् भएपनि प्यारमा उस्तै जोस्
घाम उदाउँदा एक भारी घाँस पुर् याई फर्कने
कसो भो होला छिट्टै छ जानु हूलबाट तर्कने
पिटेमा प्याट्ट त्यो छातिभित्र मुटु नै चस्कने
रोएको सुने के भयो होला भनेर झस्कने
सपना पनि छोराकै देख्ने विपना उसैको
ममाथि जति गर्दछ्यौ माया देखिनँ कसैको
जन्मूँला यहाँ धर्तीमा आई जेपनि बनेर
बोलाउन पाऊँ साक्षात् मेरी आमा हुन् भनेर
स्वर्गमा पनि बिछोड नहोस् आमा र छोराको
कानले जहाँ भए'नि सुनोस् तिमीले बोला'को
पोतेकी थियौ तुलसी-मठ सुताउन मलाई
बैकुण्ठवास मिलोस आमा पछि तिमीलाई
देवताहरु स्वर्गमा तिम्रो यशगान गरेर
धन्य छ धन्य भनून् मलाई ती आमा पाएर
आँपको दाना दिएका खान सम्झेर छोरालाई
सुटुक्क राखी ल्याएर दिन्थ्यौ तिमीले मलाई
झल्झली खालि संझेर म मेला र पातमा
दगुर्दै आई झोलुंगो झिक्थ्यौ लिएर हातमा
नपढेपनि अक्षरहरु चिनाउने रहर
पढाउनलाई पठाउनेछु ठूलो त्यो शहर
ताते-ताते गरेर मलाई िहंड्न सिकायौ
ज्ञानी-गुनी बन्नुपर्छ कथा नै सुनायौ
चुनु बाबु चुनु बाबु अब त निदाऊ
हाँस न हाँस अहिले दन्त लहर मिलाऊ
हरायो प्राण भनेर रुने नबुझी लुकेको
बिसे्रको छैन म आफू लड्दा आमालाई दुःखेको
आमाको माया होस् त मेरै आमाको जस्तो होस्
नबुझेर आमालाई हेप्नु छोराको साह्रै दोष्
संसारभरि खोजेरपनि पाइँदैन आमालाई
नर्कनै पाउँछ अवश्य अधम् तिनलाई रुवाई
पुछने आँसू हो मेरो लक्ष्य आमाको आँखाको
दिएर सुख आमालाई सदा वहार मायाको
व्रतवन्ध गरेर यस्को रोग नै कटाउँछु
गोर्खाकाली पूजेर यस्को शक्तिलाई जगाउँछु
आशिर्वाद देऊ ए जोगीबाबा शतायु होस् भनी
बिन्ती छ माफ गर है संगी यसको दोष् पनि
सातै वर्ष काटेर आयो मुहार फकि्रयो
चलाख भयो पर्दैन भन्न लौ न नि ककि्रयो
खाना खान्छ लगाई मन भोक छ आँतमा
खुशीले खाना खुवाउँदा आँशु निस्कने साथमा
निन्द्रा'नि पर्छ काम'नि आउँछ अचेल हातमा
छोडिनौ अझै सुताउन मलाई राखेर काखमा
छोरालाई राम्रो पढाउनु पर्छ भविष्यकालमा
सधैं जस्तै पहिला नै हुन्छ आउने सालमा
पढ न पढ ए मेरा बाबु नसुत धेरै बेर
हरे राम जपेर साथी बसिथ्यौ पढुन्जेल
भालेको डाँक भन्दा'नि पैले उठेर तिमीले
सुतेको मैले देखिनँ चाँडै फुर्सद कहिले
खटेर कति सकेकी गर्न ए आमा तिमीले
आऊ न आऊ थकाइ त मेट एकैछिन् तिमीले
बारीको डल्ला फोरेर फेरि खेत नै गोड्नलाई
लिएर साथमा पुग्दथ्यौ आमा नसकी छोड्नलाई
स्कूल गयो फर्केको छैन ढुक्ढुक मन् भयो
आउँछ अब पढ्दैमा बरा लामो यो दिन् गयो
तगारातिर बसेर बाबु भनेर ल्याउने
भोकायो होला पीरले छिटो खाजा नै ख्वाउने
गर्दामा काम खिएला फेरि अचम्म तिम्रो पीर
सराप गर्दा अरुले उस्लाई रोपेझैं तातो झीर
फरक्क फर्कोस् सरापहरु गरेका यसलाई
उन्नति नहोस् लाग्दछ डाढो मेरो नै जसलाई
आँखाको नानी मानेर सधैं स्याहार गरेको
संझेर सधैं यो मेरो लाल झण्डैले मरेको
मायाले तिम्रो हरायो होला यम दूतलाई
ढोग्दछु सधैं मानेर देवी मेरी आमालाई
प्यारो छ प्यारो शब्द यो "आमा" संसार भरमा
भाग्यमानी रहेछु आमा यहाँका नरमा
दूर्लभ उत्तम् गर्भमा तिम्रो रहने सौभाग्य
दिएर मलाई कृतज्ञ पार् यौ रहेछ अहोभाग्य
पुरस्कार ल्याएको देखी संसारै जितेको
सपना देख्थ्यौ सबले उसको गोडा नै मिचेको
ऐया र आत्थु भनिनौ हेर सहेर त्यो पीडा
पीर नै पार्न चाहिनौ मलाई खपेर त्यो पीडा
बढ्दै गयो यो छोरो तिम्रो खुशीले रमायौ
हिंड्दा-हिंड्दै लड्ला पथमा औंला समायौ
तिर्सनाहरु मेटिँदै गए "आमा" को पुकारले
अचम्म तृप्ति दिएरै रह्यो त्यही नै शब्दले
दिसा र पिसाब फोहोरहरु घिन नै नमानी
भनिनौ कैले जहाँ पायो त्यहीं दगुर्ने बेइमानी
गुनासाहरु नआइकन पालेर पोसेर
गल्ती सब माफ् गरायौ आफैलाई झोसेर
म कति भनूँ शेषनाग पनि बोलेर थाक्नेछन्
बुझेर सब्ले म आश गर्छु आमाको मान् राख्नेछन्
दूधको भारा बिर्सेर आफू हुर्केको पिएर
अधम् हो त्यो आमालाई ताड्ने स्वार्थमा डुबेर
त्योभन्दा नीच देख्दिनँ म त नर्ककी बासिन्दा
आमा र छोरा बीचमा खट्पट् गराउने रोजिन्दा
अरुको लाख आमाको काख यो कुरो बुझेर
राख्नुपर्छ मान्छेले आफ्नी आमालाई पूजेर
बिर्सन्नँ आज बोकेर बुई जंघार तरेकी
वितल पर् यो भनेर पीरमा ती पर सरेकी
चारैमा दिन बिताउन पनि कठिन उनलाई
पियाइन् सदा आफ्नै दूध राखिनन् कोही धाइ
फूच्चे नै देख्छिन् यो मेरो छोरो साह्रै छ कम्जोर
रेखदेख गर्छिन् अझै विगत झैं सम्झेर
विरामी परिन् ओछ्यानमा पनि मेरै छ तर्कना
यी मेरी आमा कसरी सक्छु लौ भन बिर्सन
सुतेकी उनी नसकिकन पोखरा अस्पताल
सोधेर कहिल्यै थाकिनन् आमा छोराको के छ हाल
बेहोशी बीच फूटेको शब्द पैलो त्यो 'निर्मल'
छैन साचो आमालाई भने कसरी झल्मल
जुन दिन आमा हाँस्लिन् मेरो आत्मानै हाँस्नेछ
आमाको पूरा रोगलाई जित्दा हृदय नाच्नेछ
ईश्वर तिमी दयालु बन कृपा नै गरिदेऊ
नयाँ जीवन बिन्ती गर हामीलाई छरिदेऊ
चाहिन्न केही ऐश्वर्य पनि तुच्छनै सम्झन्छु
आमाको न्यानो त्यो माया पाउँ सधैं म माग्दछु
मेरी आमा, आमा मेरी, उनलाई यो छोरा
गर्नेछ सेवा बिर्सेर सब, इच्छा होस् यो पूरा ॥
(कम्प्युटरीकृत मिति : २०६०।१।२३; स्थान : कीर्तिपुर)
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com1tag:blogger.com,1999:blog-1780533271159519198.post-23867796262110926982012-07-11T22:57:00.000-07:002012-07-11T22:59:03.419-07:00म्याग्दे खोला बग्यो सललल, मायालुको मुहार् झललल (It was writeen about 20 years ago)
म्याग्दे खोला बग्यो सललल
मायालुको मुहार् झललल
फागुपूर्णे मेला भर्न थर्पु झेरकी
पानी खेल्न होकि किन खोला तरेकी
किन हामीदेखि परपर सरेकी
मायालुलाई नचिनेर होकि डरेकी
म्याग्दे खोला …
घर तिम्रो छाङ होकि पर् यो मनपाङ
सत्ते कुरा भन आज हामी जान्न पाऊँ
तिम्रो घर तिलाहार या हो चोक्रे गाउँ
उत्तर हो कि दक्षिण हो कि तिम्रो जन्म ठाउँ
म्याग्दे खोला …
छबिसेको पुलमा बसी खोला हेरेकी
कम्मरमा पटुकी झैं के पो बेरेकी
खैरेनीटार जाने होकि जाने दमौली
मन्का कुरा कति दिन राख्छ्यौ मन्मै लि
म्याग्दे खोला …
(It was written about 20 years ago.)
Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com2tag:blogger.com,1999:blog-1780533271159519198.post-5483798086599035932012-04-16T09:22:00.003-07:002012-04-16T09:32:30.156-07:00निर्मलमणि अधिकारी 'आयोदधौम्य' कृत संचार मीमांसा (काव्य) को पाँचौँ अधिकरणसंचार मीमांसा (काव्य)
पाँचौँ अधिकरण
साधारणीकरण-ढाँचा संचार देखाउँछ
सहृदयताको लागि संचार प्रष्ट्याउँछ ।
आधिभौतिक् आधिदैविक् अनि आध्यात्मिक
हिन्दू-चिन्तन पद्धतिको सार बताउँछ ॥४९॥
रेखीय किन छैन यस्को संरचना
बुझ्नलाई गर्नु पर्छ वैदिक् विवेचना ।
दिक् र काल चक्रीय मानिने दुवै यहाँ
दिक्-काल्भित्रै हुने संचार रेखीय तब कहाँ ॥५०॥
यसैबारे थप अर्को कुरा पनि बुझ्नू
दोहोरो नै संवादको हिन्दू मत सोच्नू ।
निरन्तर कि्रया अनि प्रतिकि्रया देख्नू
त्यसैले त पर्यो मैले यस्तो चित्र लेख्नु ॥५१॥
हिन्दू समाज् भेद विभेद् बीच हुँदा पनि
संचार सफल् हुने कारण् के पो होला नि ।
ढाँचा यस्ले प्रष्ट्याउँछ त्यो रहस्य पिन
सहृदयता नै त्यस्तो खास तत्व हो नि ॥५२॥
वर्ण आश्रम जात जाति अनि अरु कुरा
धनी गरिब शोषक् शोषित् कति कति छुरा ।
भाषा बोली चाल चलन् यस्ता धेरै कुरा
यसो हेर्दा विभाजनै विभाजन् छ पूरा ॥५३॥
सहस्र वर्ष सभ्यताका बितिसक्दाखेरि
देखेकै छौँ संवाद सफल हाम्रा वरिपरि ।
विभाजन छ तापनि छैन संचारमा
समस्यालाई हटाउन सहृदय भावना ॥५४॥
असमान सामाजिक सम्बन्धलाई जिती
विभेदका भौतिक स्थितिलाई मिची ।
सहृदयताको ज्योति प्रदीप्त छ सधैँ
अपसंचार हुनलाई दिँदैन है कबै ॥५५॥
यदि संचार असफल कतै भएदेिख
अपसंचार प्रबल कतै रहेदेखि ।
बुझ्नु पर्छ सहृदयता पक्का भयो कमी
उपाय गर्नु गर्छ संस्कार् भर्न भनी ॥५६॥
संचारमा रत दुई पक्ष कस्ता हुने
सम्बन्धको स्वरुप्बारे बुझौँ मनै छुने ।
संचार-स्वार्थ होइन यहाँ सम्बन्ध नै स्वयम्
प्रथम् कुरा हुन जान्छ संचारमा बुझम् ॥५७॥
पश्चिमा संचारका अधिकतर् ढाँचा
प्रेषकको प्रधान्तामा जोड दिन्छन् काँचा ।
साधारणीकरण्-ढाँचा अर्कै कुरा भन्छ
प्रेषक्-प्रापक् दुवैको सह-अस्तित्व मान्छ ॥५८॥
सहृदयता अवधारणा राम्ररी बुझी
बुझिनेछ प्रेषक्-प्रापक् सम्बन्ध पनि ।
आरम्भमा सामान्य अभिमुखीकरण् भई
साचार् सुरु गरी पुग्ने सहृदय स्थिति ॥५९॥
अर्थापन्कै सन्दर्भमा कुरा गर्ने हो त
प्रेषक् होइन प्रापक पो शक्तिशाली हुन्छ ।
अर्थापन गर्दाखेरि प्रापक्ले नै गर्छ
यो तथ्यलाई सदैव बुझिराख्नु पर्छ ॥६०॥
साधारणीकरण-ढाँचा ध्यानपूर्वक् हेरौँ
अभिव्याजना अनि रसास्वादन चिनौँ ।
संचारको प्रकि्रयामा निर्णायक बुझौँ
भतृ्रहरि भरत्मुनि धेरै चिन्तन गरौँ ॥६१॥
शब्दका चार तह परा पहिलो मानी
पश्यन्ति र मध्यमा अनि वैखरी ।
श्रवण्बाट सुरु हुने शब्दको प्राप्ति
मनन र निदिध्यासन् साक्षात्कार्मा व्याप्ति ॥६२॥
यति गहन् चार श्रेणी हुनु पर्ने कारण्
आन्तरिक संचारमा जोड दिने चलन् ।
आभ्यन्तरिक अनुभूति महत्वको चरण्
इन्द्रिय भन्दा उच्च ज्ञानको छ विधान् ॥६३॥
बाह्य संसार् नकारेको हुँदै होइन हेर
यसैलाई परम् सत्य मान्याछैन तर ।
बृहदको कारणमा सूक्ष्म छ है बुझ
ब्रह्माण्डलाई आफैँभित्र अनुभूत गर ॥६४॥
सन्दर्भको जुन् विधान ढाँचाभित्र छ है
भतृ्रहरिबाटै यस्लाई विकास् गरियो है ।
व्याख्या यस्ले गर्छ हेर अर्थबोध सही
प्रेषक्-प्रापक् दुवैको हुन जान्छ उही ॥६५॥
लौकिक संचारमा कि्रया प्रतिकि्रया
साचार्रत पक्षलाई राख्छ सकि्रय ।
मननको तह पार गर्छ जस्ले तर
प्रतिकि्रया नचाहिने निदिध्यासन् साक्षात्कार ॥६६॥
संचारको मद्वारा विकसित् यो ढाँचा
भएकाले हिन्दू मत्को पूरापूर सच्चा ।
आवश्यक पन्र्यै थियो भौतिक् भन्दा पर
पुगिकन व्याख्या गर्ने जीवन उच्चतर ॥६७॥
ख्याल राखी वैदिक हिन्दू मान्यतालाई
आधिदैविक् साथमा आध्यात्मिक् साचार्लाई ।
साधारणीकरण-ढाँचा प्रष्ट्याउँदै छ है
संचारको क्षेत्र त यी तीन्वटै हुन् है ॥६८॥
भौतिक र मानसिक साचारको कुरा
सन्देशको साझेदारी सफलता पूरा ।
आदर्शको अवस्थामा सबै संचारवाला
पुग्दछन् जुन् स्थिति हो है सहृदयता ॥६९॥
आध्यात्मिक संचारमा अझै पर पुग्ने
सहृदयी बनेपछि साक्षात्कार हुने ।
मोक्ष पनि सम्भव साचार्बाटै हेर
शब्दब्रह्मलाई नै गरी साक्षात्कार ॥७०॥
लक्ष्य के हो संचारको यसले बुझाउँछ
संचारबाटै समझ्दारी हुने देखाउँछ ।
सूचनाको साझेदारी हुँदै अघि बढी
एकत्वको अनुभूति गर्नु पर्छ साथी ॥७१॥
पुरुषार्थ मानवका चारवटा मानवका भन्ने
अर्थ काम धर्म मोक्ष यसरी जान्ने ।
हिन्दू मत मेरो ढाँचा अंगीकार गर्छ
संचारबाटै प्राप्य छन् भन्ने प्रष्ट्याउँछ ॥७२॥
समष्टिमा भन्नु पर्दा केन्द्रीय भाव
सहृदयता बुझेपछि बुझिनेछ सब ।
संचारको प्रकि्रयामा धेरै गर्दा विचार्
सहृदय बन्नलाई हुनु पर्छ संचार ॥७३॥Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com1tag:blogger.com,1999:blog-1780533271159519198.post-51325521823201771052011-09-18T23:19:00.000-07:002011-09-18T23:25:37.533-07:00निर्मलमणि अधिकारी आयोदधौम्यका दुई नयाँ पुस्तक-कृतिहरु प्रकाशितअधिकारी, निर्मलमणि । वि.सं. २०६८ । संचार मीमांसा । काठमाडौं : मिडिया एजुकेटर्स एसोसिएसन अफ् नेपाल ।
अधिकारी, ‘आयोदधौम्य’ निर्मलमणि । वि.सं. २०६८ । जीवन : अन्तर्दृष्टि (खण्डकाव्य) । तनहुँ : तरङ्ग साहित्यिक अभियान ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-75747012354153686692011-01-13T22:18:00.000-08:002011-01-13T22:19:21.898-08:00बुझ र फर्क (वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार)बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-44976485698672742742010-12-03T01:11:00.000-08:002010-12-03T01:23:21.222-08:00कृति - जीवन : अन्तर्दृष्टि । विधा - खण्डकाव्य । कवि - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । प्रकाशक - तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण - वि.सं. २०६७कृति - जीवन : अन्तर्दृष्टि । विधा - खण्डकाव्य । कवि - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । प्रकाशक - तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण - वि.सं. २०६७ (सन् २०१०) ।
'जीवन-सत्य'लाई बुझ्ने प्रयत्नरुपी यात्रालाई नै यस खण्डकाव्यको विषय-वस्तु बनाइएको छ । रुनु, हाँस्नु, रुनु-हाँस्नु, हाँस्नु-रुनु आदिलाई जीवन-भोगाइका अनेक आयामका प्रतीकका रुपमा यस खण्डकाव्यमा प्रयोग गरिएको छ । यी अवधारणाका मद्दतले जीवनका विविध पक्षहरुलाई प्रतिनिधित्व गराइएको छ । सक्कली जीवन अर्थात् 'जीवन-सत्य' भनेको 'आत्मसाक्षात्कार' नै हो भन्ने निष्कर्षमा यो कृतिको समापन हुन्छ ।
व्यक्ति एक्लै जन्मिन्छ; तर तत्क्षण सामाजिक सम्बन्धका साजालको एक अंशका रुपमा परिणत हुन्छ । माता-पितासँगको सम्बन्धको तन्तुबाट जोडिएर सारा ब्रह्माण्डसँग साइनो जोड्छ व्यक्तिले । प्रतिक्षण सामाजिकीकरणको साँचोले उसलाई यो वा त्यो रुपमा ढाल्न परीक्षण गरिरहेको हुन्छ । भौतिक मानसिक आध्यात्मिक सबै आयाममा समाज-निर्देशित मापदण्डमा बाह्य र आभ्यन्तरिक यात्रालाई गतिमान गराउने क्रममा रहने उक्त व्यक्ति समाजमा निहीत विविधता र तिनका फरक दाबी दिग्दर्शन अभिप्रेरणा आदिले रनभुल्ल हुने सम्भावना अत्यधिक रहन्छ । यही फेरोमा आफ्नो जीवनको 'सत्य' गन्जागोल भएको अवस्थामा पनि सहजै जीवन बाँच्न सक्नेहरु पनि अवश्यै छन् यो संसारमा; तर कतिपयलाई चित्त बुझ्दैन र जीवनको अर्थ खोज्ने यात्रा प्रवाहमान हुन्छ । बाढीसँगै बगेको सिन्को वा हूरीसँगै बतासिएको पत्करझैँ जीवन बाँच्ने नियतिमै अल्झेका हुन्छन् कतिपय; तर जीवनको अर्थ खोज्ने यात्रामा अघि बढ्नेहरु आफ्नो मानक आफैँ निर्धरण गर्न चाहन्छन् ।
प्रस्तुत खण्डकाव्यको मूल पात्र कोही एक मानव व्यक्ति को जीवनयात्रा साधारण मानिसको जीवनयात्रा होइन; यो त 'जीवन-सत्य'को खोजीको प्रतिबिम्बन हो । अन्ततोगत्वा व्यक्तिले आफ्नो जीवनलाई आफैँले बुझ्ने विधि निरुपण गर्छ । 'साक्षात्कार'को तहमा साधन र साध्य, ध्यान र ध्येय, विधि र विधाता, नाम र नामीबीच एकत्व हुने विश्वदृष्टिकोण/जीवनदर्शनमा विश्वास गर्ने भएकाले त्यसपछि खण्डकाव्यमा केही थप्नु पर्ने आवश्यकता नदेखिएको हो । यसरी यस कृतिमा मानवजीवनको आरम्भदेखि उठान गरेर जीवनयात्रालाई एक समुचित निष्कर्षसम्म पुर्याइएको छ ।
Back-cover of the book contains the following:
प्रस्तुत कृतिका सर्जक हुन् - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । नेपालको तनहुँ जिल्ला छाङ्ग गा.वि.स.-४ पिपलटारमा वि.सं. २०३३ मा जन्मेका निर्मलमणि अधिकारी 'आयोदधौम्य' को नवौँ प्रकाशित खण्डकाव्य हो यो । यसअघि टोकाहा, वीराङ्गना शूरप्रभा, क्षात्रमूर्ति जना, भूकम्पका खण्डहरहरु, असन्तोषी पानाहरु, आकाश यसरी खुल्छ, नियमित कथा यही संसारको र लक्ष्यवेध शीर्षकमा उनका खण्डकाव्यहरु प्रकाशित भइसकेका छन् । समष्टिमा साहित्य, संस्कृति, दर्शन, संचार, पत्रकारिता आदि विधामा गरी उनका करिब ३० वटा पुस्तक-कृतिहरु प्रकाशित भइसकेका छन् । साथै अधिकारीद्वारा लिखित दर्जनौँ शोधलेख एवम् सयौँ विश्लेषणात्मक लेखहरु पनि प्रकाशित छन् ।
अधिकारी तरङ्ग साहित्यिक अभियान (वि.सं. २०५२) का संस्थापक एवम् अध्यक्ष, नेपाली भाषा-संस्कृति परिषद् (वि.सं. २०५४) का संस्थापक महासचिव र युग निर्माण अभियान (वि.सं. २०५८) का संस्थापक अध्यक्ष हुन् । उनी मिडिया एजुकेटस्र एसोसिएसन अफ् नेपाल (वि.सं. २०६४) का पनि अध्यक्ष हुन् । यिनका अतिरिक्त स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा वैश्विक तहका अनेक संस्थाहरुमा पनि उनको संलग्नता रहेको छ ।
वि.सं. २०६३ देखि उनी काठमाण्डौ विश्वविद्यालय, भाषा तथा आमसाचार विभागमा प्राध्यापन गर्छन् । त्यसअघि उनी मदन भण्डारी मेमोरियल कलेज काठमाडौँमा पत्रकारिता तथा आमसंचार विभागका प्रमुख थिए । विगतमा उनले तनहुँस्थित माध्यमिक विद्यालयहरु र काठमाण्डौँस्थित उच्चमाध्यमिक विद्यालयहरुमा अध्यापन पनि गरेका थिए ।
निर्मलमणि अधिकारीले अनेक सम्मान पुरस्कार तथा फेलोसिप पाएका छन् । उनलाई नेपाल जेसिज राष्ट्रिय समितिले सन् २००८ मा वर्ष व्यक्ति घोषणा गरी स्वर्णपदकसहित सम्मान गरेको थियो भने सन् २००३ मा संयुक्त राज्य अमेरिकास्थित फोरम् फर् इन्टरफेथ् सोलिडारिटीले धार्मिक विषयवस्तुमा लेख्ने विश्वकै प्रभावशाली लेखकका रुपमा सम्मान गरेको थियो । उनले राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार (वि.सं. २०४९) एवम् राष्ट्रिय निबन्ध प्रतियोगितामा स्वर्णपदक (वि.सं. २०५३) र प्रथम पुरस्कार (वि.सं. २०५४) पनि जितेका थिए । अधिकारीलाई देश/विदेशका विभिन्न संस्थाले हिन्दू भ्वाइस फेलोसिप (सन् २०१०-२०१२), चौतारी मिडिया फेलोसिप (सन् २०१०), स्वामी विवेकानन्द पारितोषिक (सन् २००९), उत्कृष्ट युवा पुरस्कार (सन् २००९), शुक्ला गण्डकी सम्मान (वि.सं. २०६०), हरफ साहित्यिक सम्मान (वि.सं. २०६१) आदि प्रदान गरेका छन् ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-34188033019302046452010-11-12T00:24:00.000-08:002010-11-12T00:27:01.345-08:00आयोदधौम्यद्वारा वि. सं. २०५० लेखिएको एक टुक्रोप्रीति-गान
लेख्न खोजेको थिएँ कविता नै
तर बनेछ यो त
तिम्रै कहानी ।
हेर मेरा आँखामा-
यहाँ महाकाव्यहरु प्रवाहित भइरहेछन्
तिम्रै,
फगत् तिम्रै ।
मेरा हरेक श्वास-प्रश्वासमा
आरोह-अवरोह तिम्रै प्रीतिगानका;
आहा ! धड्कनमा पनि त तिमी नै छौ ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-89297205336057750422010-09-22T00:36:00.000-07:002010-09-22T00:37:46.540-07:00सम्झना छ मनभित्र (२०५४-७-२८)न त केहि चिनो न छ साथमा फोटो
दिन साह्रै लामो लामो रात साह्रै छोटो
एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो
तिमी भयौ नदी उता यता पारी परिएछ
सपनीको सुखान्त नि झस्काइले हरिएछ
फोटो भए हेर्थें छैन साथ्मा केही
सम्झना छ मनभित्र आँखाभरी त्यही ॥
२०५४-७-२८Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-15288164019736862112010-09-01T21:28:00.000-07:002010-09-01T21:30:12.264-07:00माया माया भन्दाभन्दै (२०५४-८-१५)माया माया भन्दाभन्दै सुकिसक्यो काया
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया
मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा
जतिखेर जतिबेला पनि तिम्रै फिक्री
बाँधिसक्यौ यो मनलाई माया बनी सिक्री
तिमीबिना केही छैन फगत् हुन्छ शुन्य
हृदयलाई बुझ तिमी माया गरी पुण्य
कतै छोडिजाने हौकि पर्दैछ नि भ्रान्ति
तिमीबिना हाय संसार हाय हाय शान्ति ॥
२०५४-८-१५Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-38045235842894937432010-06-29T22:58:00.000-07:002010-06-29T23:00:37.050-07:00आफ्नै-आफ्नै सपना बोकेका दुई पुस्तासँगमलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।
सनातन हिन्दूधर्मशास्त्रका प्रकाण्ड विद्वान धार्मिक प्रकृतिका अनि आफ्ना अडानमा अत्यन्तै दृढ रहने स्वभावका पिताजी पण्डित रुद्रमणि (उहाँकी आमा अर्थात् मेरी हजुरआमाले दिनुभएको नामचाहिँ “चिरंजीवि”) र एक अक्षर पनि नचिन्नुभएकी, साह्रै दयालु-मायालु अनि अत्यन्तै परिश्रमी आमा – रमादेवी (उहाँको नाम माइतीमाचाहिँ “सीता”) को प्यारो छोरो म । मेरा माता-पितालाई के विश्वास रहेको थियो भने मेरो जन्म भगवान्को प्रसाद स्वरुप भएको हो । एक वर्षसम्म नित्य भगवद्-पूजन पश्चात् मेरो जन्म भएको भन्ने कुरा उहाँहरुले मलाई धेरैपल्ट बताउनु भएको छ । त्यसैकारणले पनि होला सानैदेखि मेरो विशेष ख्याल राखिएको थियो ।
पिताजीका छोराहरु तत्कालीन परिवेश अनुरुप सुपठित भएतापनि उहाँहरुले पिताजीको आफ्नो विद्या अर्थात् सनातन हिन्दू धर्मशास्त्र नपढी नयाँ सरकारी शिक्षा हासिल गरेको हुँदा मेरा पिताजीलाई आफ्नो शेष पछि परम्परा कसले थाम्ने भन्ने सवालले टोकिरहेको थियो ।
छोराहरुलाई संस्कृत शिक्षा दिन उत्कट इच्छा-आकांक्षा हुँदाहुँदैपनि कतै संस्कृत पढेकै कारणले जागिर नपाएर भविष्यमा आफ्ना सन्तानले दुःख-कष्ट पाउने पो हुन्कि भन्ने आशंका पनि भएकाले उहाँका छोरा-छोरीको शिक्षादीक्षा सरकारी विद्यालयमार्फत् नै भयो । अर्को उत्तिकै उल्लेख्य पक्ष केपनि होभने मेरा दाजुहरुमध्ये कतिपयले स्वयम् नै पिताजीको जस्तो जीवन-दर्शन र मान्यताप्रति व्यावहारिक तवरलेनै अनास्था प्रकट गरिदिएर पिताजीको आफ्नो सन्तानलाई संस्कृत धार्मिक शिक्षा दिने इच्छा-आकांक्षामाथि तुसारापात गरिदिनु भएको थियो । पिताजीले जे-जे नगरिदिए हुन्थ्यो जे-जे नखाइदिए हुन्थ्यो इच्छा राख्नुहुन्थ्यो त्यही-त्यही गर्दिने/खाइदिने सन्तानका कारण कहिलेकाहिँ पिताजी साह्रै निराश एवं दुःखी भएको मैले देखेको छु । अब पिताजीको आशा ममाथि थियो । उहाँ “भगवद्कृपावश जन्मेको” पुत्रलाई आफ्नो बिँडो थाम्ने उत्तराधिकारीका रुपमा हेर्नुहुन्थ्यो । उहाँको आशा ममाथि थियो भन्नुको अर्थ केभने उहाँ मलाई आफूजस्तै ‘पण्डित’ बनाउन चाहनुहुन्थ्यो । यतिमात्रै होइन नि उहाँ मेरालागि आधुनिक शिक्षा दिने कुरामा त झन् बढी सचेत हुनुहुन्थ्यो । उहाँको इच्छा केभने म विद्यालयमा आधुनिक शिक्षा हासिल गरुँ र घरमाचाहिँ परम्परागत शिक्षा । अर्थात् उहाँको चाहना थियो- छोरोले दुबै ‘विद्या’ पढोस् – अंग्रेजी पनि र संस्कृत पनि । छोरोले एकैचोटी दुई-दुईतर्फको पढाइ थाम्नसक्छ भन्नेमा अचम्मसँग विश्वस्त हुनुहुन्थ्यो मेरा पिताजी । माध्यमिक विद्यालयस्तरमा पढ्दासम्म एस.एल.सी. पास हुँदाको बेलासम्म उहाँको विश्वासलाई मैले कायम राखेको पनि थिएँ । पछिचाहिँ मेरो पढाइ पहिलेजस्तो रहेन ।
मेरा दाजु हुतमणिकोबारेमा कुरा गर्दा उहाँ प्रविणता प्रमाणपत्र (आई.ए.) तहको पढाइ सक्दानसक्दै गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर बस्नु परेको थियो । मलाई के लाग्थ्यो भने परिस्थितिले उहाँमाथि ठूलो अन्याय गरेको थियो ।
पिताजीका तीनवटी श्रीमतीतर्फका तीन परिवार भएकाले सबै एकै ठाउँमा बस्न सम्भव थिएन । छुट्टाभिन्न हुँदाखेरीमा एक त हामी कान्छीतर्फका सन्तान भएकाले साना थियौं; जेठी र माइली आमातर्फका दाजुहरु त जागिरे भएकाले नियमित आम्दानीको बाटो थियो -यदि पिताजी नहुने होभने हाम्रो त बिचल्ली नै हुन्थ्यो; अनि यसका अतिरिक्त उहाँहरुबाट पिताजीको जीवन-दर्शनप्रति द्रोह गरिएकालेपनि स्वभावतः पिताजी हामीसँग बस्नुभएको थियो । उमेरमा अतिनै पौरखी भएतापनि पिताजीको वृद्धावस्थालाई विचार गर्दा मेरो दाजुले घर-व्यवहार सम्हाल्नु परेको थियो ।
दाई १८ वर्ष पुग्दानपुग्दै गृहस्थीले पुरै किच्यो र महान् सम्भावना बोकेको एउटा युवा त्यत्तिकै कुण्ठित भयो । जसरी मलाई अवसर मिल्यो त्यो अवसर मेरो दाईलाई मिलेको भए आज म जे छु त्योभन्दा धेरै उपलब्धि मेरो दाजुले हासिल गर्नुहुनेथियो भन्नेमा म सधैं विश्वस्त छु । उहाँको प्रतिभाको समुचित उपयोग हुन नसकेकोमा मलाई सदा खेद छ । मेरा पिताजीको महान् प्रतिभा एवं विराट विद्वत्ता र योगदान पनि यो समाजले जति चिन्नुपर्ने हो त्यति चिन्न सकेन । पिताजी घर-व्यवहारमा यति धेरै अल्मलिनु पर्योकि उहाँभन्दा निकै निम्न प्रतिभा र योग्यता भएकाहरु नक्कली मुजुर भएर नाचिरहन पाइरहे । मेरा जेठाबाठा दाजुहरुले पिताजीलाई सघाइदिएकाभए स्थिति अर्कै हुनेथियो भन्ने मेरो मनमा शैशवावस्था देखिनै परेको छ । अनेक पक्षबाट पिताजीलाई काँध थाप्न पाएकोमा मलाई सन्तोष छ ।
मेरो दाजुले आफ्नो इच्छा-आकांक्षालाई त्यसै गुट्मुट्याएर घर-व्यवहारमा अल्मलिनु पर्यो तर उहाँको हार्दिक इच्छा आफ्नो पि्रय भाइलाईचाहिँ जसरीपनि उन्नति-प्रगतिको शिखरमा पुर् याउनेमा दृढ थियो । त्यसकारण शिशु अवस्थाबाटनै उहाँले मेरो पढाइ-लेखाइमा विशेष ध्यान पुर्याउनुभयो । मेरा दिदीहरु -भारती र बिस्नु-सँगपनि मैले केही पढेको त हुँदोहुँ तर अहिले मलाई सम्झना छैन । आमाको सम्बन्धमा मैले आरम्भमै भनिसकेको छु एक अक्षर पनि नचिन्नु भएकी भनेर । तर आफू नपढेपनि छोरा-छोरीलाई पढाउने कुरामा आमा यति धेरै ध्यान पुर् याउनु हुन्थ्योकि बर्णन गरिसाध्य छैन । ज्ञान-आर्जननिमित्त एकदमै उपयुक्त वातावरण भएको घर थियो हाम्रो ।
मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-648985046805012082010-06-23T23:14:00.000-07:002010-06-23T23:15:59.426-07:00घर नै पहिलो पाठशालानिर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश
भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता, दाजु, घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com1tag:blogger.com,1999:blog-1780533271159519198.post-62685064124562928092010-05-22T22:00:00.001-07:002010-05-22T22:03:03.753-07:00प्रशान्त महासागरलाईप्रशान्त महासागरलाई (कविता)
--- निर्मलमणि अधिकारी
प्रशान्त !
आज भोली तिमी
बिरामी परेका छौ कि कसो
कतैपनि अचेल
ज्वारभाटा छैन
आँधी तूफान चलेको छैन
झ्वाम्म अँगाल्ने जेलाईपनि र उदरस्थ गर्ने
तिम्रो इच्छा मरिसक्यो कि कसो
ठिक छ प्रशान्त
उद्दण्ड उग्र र प्रचण्डबाट
शान्त सौम्य र निश्छल बनेको रहेछौ-
तिम्रो यही रुप नै
मलाई स्वीकार्य छ प्रशान्त
तर तिमी बबण्डर बन्छौभने
मपनि अवरोध बन्नेछु
प्रशान्त !
तिम्रो शान्त यो रुपको पुजा गर्दैछु ।
२०४७।५।१४Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-82250677808265979962010-04-08T23:45:00.000-07:002010-04-08T23:47:39.238-07:00जय होस् भन्छु म त मायाको यो संसारैमाको होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३)Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-23411899438481578022010-03-11T20:12:00.000-08:002010-03-11T20:13:16.837-08:00व्यथा (कविता)कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशितDr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com1tag:blogger.com,1999:blog-1780533271159519198.post-16898645387860334972010-01-20T20:23:00.000-08:002010-01-20T20:26:00.229-08:00बुझ र फर्क (वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार)बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com0tag:blogger.com,1999:blog-1780533271159519198.post-47182650767554670412009-12-26T23:47:00.001-08:002009-12-26T23:47:41.543-08:00मधुयाम जिन्दगीमा आजै आए जस्तोमधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥Dr. Nirmala Mani Adhikaryhttp://www.blogger.com/profile/06419137654176749302noreply@blogger.com1