बाँच्छु म तिम्रो प्रेममा !
-- निर्मलमणि अधिकारी (आयोदधौम्य)
मेरा प्रियोत्तम
बाँच्छु म तिम्रो प्रेममा ।
यात्रामा कहिले छिटो त
तर हे मेरा सहृदय
गर्नेछौँ अवश्य लक्ष्यवेध ।
नठान्नू म छु टाढा
हे मेरा अन्यतम्
प्रत्येक दिवस प्रत्येक दिक्
म त छु तिमीसँगै ।
के थाहा छ तिमीलाई
मेरा परिवारजन
हो नाता यो कति जन्मदेखिको
हाम्रो सहृदयता सृष्टिपर्यन्तको ।
मेरा प्रियोत्तम
तिमी हाँस्दा मन हाँस्छ मेरो
सङ्घर्ष जो तिम्रो
त्यो अवश्य स्वभावतः मेरो ।
तिमी मेरै हौ
ओ मेरा प्रियतम्
म हूँ तिम्रै
हामी सबै हौँ जगदम्बाकै ।
सहृदयता बाँच्नु छ भने
बाँच्नु पर्छ सहृदय स्वयं नै
तसर्थ हे मेरा सहृदय हो
बाँच्छु म तिम्रो प्रेममा ।
(२०८१।०६।१०)