Saturday, October 25, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा लिखित उपन्यास अन्तिम बादशाहको केही अंश

अन्तिम बादशाह
चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार - भदौ ३१ गते सोमवार



आमा !
हुसुआन तुङ्ग माचुवंशीय राजकुमार आफ्नी आमालाई बोलाइरहेछन् । विचरा उमेर नै के छ र ! भर्खर तोते बोली फुटेको छ । आमा काखमा लिन्छिन् र पुचकार्छिन् । यही मातृ ममत्व कति शक्तिशाली छ भने तुङ्ग मग्न हुँदै निदाउँछन् । महारानी ति स्याङ्ग छोरालाई झोलुङ्गोमा राख्छिन् । निदाएको तुङ्गको अनुहारमा हेर्छिन् उनको मातृत्व भावविभोर हुन्छ । उनी च्वाक्क म्वाइँ खान्छिन् तुङ्गको निधारमा ।
ूए फेङ् ! हुसुलाई हल्लाइदे त । भर्खर निदाएको छ निद्रा बिग्रेला नि फेरि । ल ल आइज ।ू
महारानी ति स्याङ्गले नोकर्नी फेङ्लाई अह्राइन् । उनी त्यहाँबाट महराज भएतर्फ गइन् । महाराजले अघि नै हो नि त बोलाएका । तर उनी आफ्नो प्यारो पुत्रकहाँ बस्दैमा ठिक्क भयो ।
ूमहारानी ! तिमी मेरो आज्ञा पनि अटेर गर्न लाग्यौ होइन हैन च्याङचिङकहाँ जानु पर् यो कि कसो ू
महारानीलाई छासे महाराजले । उनलाई नमिठो लाग्यो । महाराज त यस्तै छन् जहिले पनि बेखुशी भएपछि च्याङचिङकै जिकीर गर्दछन् । ूहुन पनि कति हिसी परेकी छ मोरी ! हुने भए तेजाब छरेर विकृत पारिदिन हुन्थ्यो !ू हीनताबोध भयो महारानीलाई । करैले भनिन् उनले ूक्षमा महाराज !
ति स्याङ्गलाई महाराजको व्यक्तित्व खल्लो लाग्छ । यही महाचीनमा कैयौँ शासकले शासन गरे । यहीँका बादशाहले आफ्नो ध्वजा संसारभर फिँजाए । तर यी महाराज ! खै के महाराज ! खालि महलमा बसेर ति स्याङ्ग र च्याङचिङबीच प्रतिस्पर्धा गराउँदै जुँगामा ताउ लगाउँछन् । लड्न केही जान्या होइन । माचुवंशको त्यो पताका कति ठुन्किइसक्यो । यस्तै हो भने माचुवंशै खतम हुन के बेर !
ूयी महाराज कति कायर हुन् त ! आफ्नो गुमेको माचुरिया फिर्ता लिनु त कता कता अब अन्य भूभाग पनि स्वतन्त्र हुन थाले । छ्या !ू ति स्याङ्गलाई नजानिँदो क्षोभ लाग्यो ।
<>
ूहँ ! के भनिस् रे फेङ् ू महारानी ति स्याङ्ग झसङ्ग भइन् । यो कुरा संभव होला र हिजो दुवै कति रमाइलो रमाइलो कुरापछि छुट्टिएका बिहानै मृत्यु हुन सक्छ र साँच्चै होला र ूठट्टा त गरिनस् ू हकारिन् ति स्याङ्गले । नोकर्नी फेङ् नङले भूइँ कोतार्न थाली । उसका आँखाबाट बररर आँसु खसिरहेको थियो । उसलाई पनि निकै चोट पर् यो । आफ्ना लिली पारेका गोडामा शरीरको भार थाम्दै फेङ्ले भनी ूउता सवारी होस् रे ।
ति स्याङ्गलाई बल्ल यकीन भयो । हिजो कति हँसमुख थिए भने महाराज ! सधैँ रिसाइरहने उनको अनुहार कति उज्ज्वल थियो भने हिजो ! ूहे काल कति निष्ठुरी छस् । भन्दे मलाई त्यति सानो हुसुआन तुङ्गको अभिभावकत्व किन छिनिस् तैँले
ति स्याङ्ग उठ्न सकिनन् । उनलाई अँध्यारो लाग्न थाल्यो संसार । आखिर जे जस्तो भए पनि महाराज एउटा आधार त थिए । तर आज महाराज नभएपछि उनीमाथि जे जस्तो आपत्ति पनि त पर्न सक्थ्यो । हुसुआन त्यो गद्दीमा बस्न पाउने हो कि होइन ! तर उनलाई बूढा मन्त्री हो साङ्गको पूर्ण विश्वास थियो । उसले नूनको ढिको बिस्रने छैन र वफादार अवश्य रहनेछ ।
<>

ूमाचुवंशीय महाराजको आत्माले शान्ति पाओसू
महारानी ति स्याङ्ग प्रसन्न भइन् । जनता महाराजका शोकमा विह्वल छन् । उनीहरुको मनमा पनि माचुवंशप्रति अटाइ नअटाइ श्रद्धा रहेछ । तर … … तर किन यति थोरै छ यिनीहरुको सङ्ख्या ! आफ्ना महाराजको मृत्युमा दुःख प्रकट गर्ने यत्ति न यिनीहरु पनि करकापले पो आएका हुन् कि ।
ति स्याङ्गको मुटु ढुकढुकाउन लाग्यो । ूकतै जनता हामीसँग रुष्ट त छैनन् । बिचरो नाबालक हुसुआनमाथि विपत आइलाग्ने त होइन कतै अरुलाई जितेर हामी यहाँ प्रतिस्थापित भएझैँ अरु कोही पो निस्केछ कि ! हे ईश्वर मेरो हुसुलाई केही नहोस् । सानो उमेर भएपछि पिरलो यही छ त नि । यदि ऊ ठूलो हुँदो हो त म पिरिनु नै किन पथ्र्यो र .
प्रकाशोन्मूख

No comments: