Saturday, March 4, 2023

सुनिश्चित विजयको मार्ग

 कठिन छ यात्रा यो मौलिक प्रतिमान स्थापनाको -

सहज कहाँ हुन्छ र, महाअभियान युगप्रवर्तनको !
एकै क्षण पनि हिम्मत नहारी -
आशा, आत्मविश्वास र आत्मीयता सकारी -
अविच्छिन्न स्वक्रियात्मक कर्म स्वीकारी -
विजयपताका अवश्यै फहराउने लक्ष्य छ अगाडि ।
आज बल्ल थाहा भएको होइन यो तथ्य -
थियो प्रारम्भमै थाहा त्यो ऋषिकथ्य -
"क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति" -
दर्शन सिद्धान्त नीति स्पष्ट लक्ष्य !
भइसकेको छ पुनर्जागरणका लागि आह्वान -
सुनिश्चित विजयले खोज्न सक्छ बलिदान -
आधारशिला चतुष्टय सहितको महायज्ञ -
"जरोकिलो" विचारधाराको दिव्य अनुष्ठान ।
बढौँ अघि यो युग हाम्रो हो -
अघि बढौँ युग यो हो हाम्रो ।

निर्मलमणि अधिकारी
(२०७९।११।२०)