प्रीति-गान
लेख्न खोजेको थिएँ कविता नै
तर बनेछ यो त
तिम्रै कहानी ।
हेर मेरा आँखामा-
यहाँ महाकाव्यहरु प्रवाहित भइरहेछन्
तिम्रै,
फगत् तिम्रै ।
मेरा हरेक श्वास-प्रश्वासमा
आरोह-अवरोह तिम्रै प्रीतिगानका;
आहा ! धड्कनमा पनि त तिमी नै छौ ।
Friday, November 12, 2010
Wednesday, September 22, 2010
सम्झना छ मनभित्र (२०५४-७-२८)
न त केहि चिनो न छ साथमा फोटो
दिन साह्रै लामो लामो रात साह्रै छोटो
एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो
तिमी भयौ नदी उता यता पारी परिएछ
सपनीको सुखान्त नि झस्काइले हरिएछ
फोटो भए हेर्थें छैन साथ्मा केही
सम्झना छ मनभित्र आँखाभरी त्यही ॥
२०५४-७-२८
दिन साह्रै लामो लामो रात साह्रै छोटो
एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो
तिमी भयौ नदी उता यता पारी परिएछ
सपनीको सुखान्त नि झस्काइले हरिएछ
फोटो भए हेर्थें छैन साथ्मा केही
सम्झना छ मनभित्र आँखाभरी त्यही ॥
२०५४-७-२८
Wednesday, September 1, 2010
माया माया भन्दाभन्दै (२०५४-८-१५)
माया माया भन्दाभन्दै सुकिसक्यो काया
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया
मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा
जतिखेर जतिबेला पनि तिम्रै फिक्री
बाँधिसक्यौ यो मनलाई माया बनी सिक्री
तिमीबिना केही छैन फगत् हुन्छ शुन्य
हृदयलाई बुझ तिमी माया गरी पुण्य
कतै छोडिजाने हौकि पर्दैछ नि भ्रान्ति
तिमीबिना हाय संसार हाय हाय शान्ति ॥
२०५४-८-१५
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया
मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा
जतिखेर जतिबेला पनि तिम्रै फिक्री
बाँधिसक्यौ यो मनलाई माया बनी सिक्री
तिमीबिना केही छैन फगत् हुन्छ शुन्य
हृदयलाई बुझ तिमी माया गरी पुण्य
कतै छोडिजाने हौकि पर्दैछ नि भ्रान्ति
तिमीबिना हाय संसार हाय हाय शान्ति ॥
२०५४-८-१५
Tuesday, June 29, 2010
आफ्नै-आफ्नै सपना बोकेका दुई पुस्तासँग
मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।
सनातन हिन्दूधर्मशास्त्रका प्रकाण्ड विद्वान धार्मिक प्रकृतिका अनि आफ्ना अडानमा अत्यन्तै दृढ रहने स्वभावका पिताजी पण्डित रुद्रमणि (उहाँकी आमा अर्थात् मेरी हजुरआमाले दिनुभएको नामचाहिँ “चिरंजीवि”) र एक अक्षर पनि नचिन्नुभएकी, साह्रै दयालु-मायालु अनि अत्यन्तै परिश्रमी आमा – रमादेवी (उहाँको नाम माइतीमाचाहिँ “सीता”) को प्यारो छोरो म । मेरा माता-पितालाई के विश्वास रहेको थियो भने मेरो जन्म भगवान्को प्रसाद स्वरुप भएको हो । एक वर्षसम्म नित्य भगवद्-पूजन पश्चात् मेरो जन्म भएको भन्ने कुरा उहाँहरुले मलाई धेरैपल्ट बताउनु भएको छ । त्यसैकारणले पनि होला सानैदेखि मेरो विशेष ख्याल राखिएको थियो ।
पिताजीका छोराहरु तत्कालीन परिवेश अनुरुप सुपठित भएतापनि उहाँहरुले पिताजीको आफ्नो विद्या अर्थात् सनातन हिन्दू धर्मशास्त्र नपढी नयाँ सरकारी शिक्षा हासिल गरेको हुँदा मेरा पिताजीलाई आफ्नो शेष पछि परम्परा कसले थाम्ने भन्ने सवालले टोकिरहेको थियो ।
छोराहरुलाई संस्कृत शिक्षा दिन उत्कट इच्छा-आकांक्षा हुँदाहुँदैपनि कतै संस्कृत पढेकै कारणले जागिर नपाएर भविष्यमा आफ्ना सन्तानले दुःख-कष्ट पाउने पो हुन्कि भन्ने आशंका पनि भएकाले उहाँका छोरा-छोरीको शिक्षादीक्षा सरकारी विद्यालयमार्फत् नै भयो । अर्को उत्तिकै उल्लेख्य पक्ष केपनि होभने मेरा दाजुहरुमध्ये कतिपयले स्वयम् नै पिताजीको जस्तो जीवन-दर्शन र मान्यताप्रति व्यावहारिक तवरलेनै अनास्था प्रकट गरिदिएर पिताजीको आफ्नो सन्तानलाई संस्कृत धार्मिक शिक्षा दिने इच्छा-आकांक्षामाथि तुसारापात गरिदिनु भएको थियो । पिताजीले जे-जे नगरिदिए हुन्थ्यो जे-जे नखाइदिए हुन्थ्यो इच्छा राख्नुहुन्थ्यो त्यही-त्यही गर्दिने/खाइदिने सन्तानका कारण कहिलेकाहिँ पिताजी साह्रै निराश एवं दुःखी भएको मैले देखेको छु । अब पिताजीको आशा ममाथि थियो । उहाँ “भगवद्कृपावश जन्मेको” पुत्रलाई आफ्नो बिँडो थाम्ने उत्तराधिकारीका रुपमा हेर्नुहुन्थ्यो । उहाँको आशा ममाथि थियो भन्नुको अर्थ केभने उहाँ मलाई आफूजस्तै ‘पण्डित’ बनाउन चाहनुहुन्थ्यो । यतिमात्रै होइन नि उहाँ मेरालागि आधुनिक शिक्षा दिने कुरामा त झन् बढी सचेत हुनुहुन्थ्यो । उहाँको इच्छा केभने म विद्यालयमा आधुनिक शिक्षा हासिल गरुँ र घरमाचाहिँ परम्परागत शिक्षा । अर्थात् उहाँको चाहना थियो- छोरोले दुबै ‘विद्या’ पढोस् – अंग्रेजी पनि र संस्कृत पनि । छोरोले एकैचोटी दुई-दुईतर्फको पढाइ थाम्नसक्छ भन्नेमा अचम्मसँग विश्वस्त हुनुहुन्थ्यो मेरा पिताजी । माध्यमिक विद्यालयस्तरमा पढ्दासम्म एस.एल.सी. पास हुँदाको बेलासम्म उहाँको विश्वासलाई मैले कायम राखेको पनि थिएँ । पछिचाहिँ मेरो पढाइ पहिलेजस्तो रहेन ।
मेरा दाजु हुतमणिकोबारेमा कुरा गर्दा उहाँ प्रविणता प्रमाणपत्र (आई.ए.) तहको पढाइ सक्दानसक्दै गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर बस्नु परेको थियो । मलाई के लाग्थ्यो भने परिस्थितिले उहाँमाथि ठूलो अन्याय गरेको थियो ।
पिताजीका तीनवटी श्रीमतीतर्फका तीन परिवार भएकाले सबै एकै ठाउँमा बस्न सम्भव थिएन । छुट्टाभिन्न हुँदाखेरीमा एक त हामी कान्छीतर्फका सन्तान भएकाले साना थियौं; जेठी र माइली आमातर्फका दाजुहरु त जागिरे भएकाले नियमित आम्दानीको बाटो थियो -यदि पिताजी नहुने होभने हाम्रो त बिचल्ली नै हुन्थ्यो; अनि यसका अतिरिक्त उहाँहरुबाट पिताजीको जीवन-दर्शनप्रति द्रोह गरिएकालेपनि स्वभावतः पिताजी हामीसँग बस्नुभएको थियो । उमेरमा अतिनै पौरखी भएतापनि पिताजीको वृद्धावस्थालाई विचार गर्दा मेरो दाजुले घर-व्यवहार सम्हाल्नु परेको थियो ।
दाई १८ वर्ष पुग्दानपुग्दै गृहस्थीले पुरै किच्यो र महान् सम्भावना बोकेको एउटा युवा त्यत्तिकै कुण्ठित भयो । जसरी मलाई अवसर मिल्यो त्यो अवसर मेरो दाईलाई मिलेको भए आज म जे छु त्योभन्दा धेरै उपलब्धि मेरो दाजुले हासिल गर्नुहुनेथियो भन्नेमा म सधैं विश्वस्त छु । उहाँको प्रतिभाको समुचित उपयोग हुन नसकेकोमा मलाई सदा खेद छ । मेरा पिताजीको महान् प्रतिभा एवं विराट विद्वत्ता र योगदान पनि यो समाजले जति चिन्नुपर्ने हो त्यति चिन्न सकेन । पिताजी घर-व्यवहारमा यति धेरै अल्मलिनु पर्योकि उहाँभन्दा निकै निम्न प्रतिभा र योग्यता भएकाहरु नक्कली मुजुर भएर नाचिरहन पाइरहे । मेरा जेठाबाठा दाजुहरुले पिताजीलाई सघाइदिएकाभए स्थिति अर्कै हुनेथियो भन्ने मेरो मनमा शैशवावस्था देखिनै परेको छ । अनेक पक्षबाट पिताजीलाई काँध थाप्न पाएकोमा मलाई सन्तोष छ ।
मेरो दाजुले आफ्नो इच्छा-आकांक्षालाई त्यसै गुट्मुट्याएर घर-व्यवहारमा अल्मलिनु पर्यो तर उहाँको हार्दिक इच्छा आफ्नो पि्रय भाइलाईचाहिँ जसरीपनि उन्नति-प्रगतिको शिखरमा पुर् याउनेमा दृढ थियो । त्यसकारण शिशु अवस्थाबाटनै उहाँले मेरो पढाइ-लेखाइमा विशेष ध्यान पुर्याउनुभयो । मेरा दिदीहरु -भारती र बिस्नु-सँगपनि मैले केही पढेको त हुँदोहुँ तर अहिले मलाई सम्झना छैन । आमाको सम्बन्धमा मैले आरम्भमै भनिसकेको छु एक अक्षर पनि नचिन्नु भएकी भनेर । तर आफू नपढेपनि छोरा-छोरीलाई पढाउने कुरामा आमा यति धेरै ध्यान पुर् याउनु हुन्थ्योकि बर्णन गरिसाध्य छैन । ज्ञान-आर्जननिमित्त एकदमै उपयुक्त वातावरण भएको घर थियो हाम्रो ।

Wednesday, June 23, 2010
घर नै पहिलो पाठशाला
निर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश
भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता, दाजु, घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।

Saturday, May 22, 2010
प्रशान्त महासागरलाई
प्रशान्त महासागरलाई (कविता)
--- निर्मलमणि अधिकारी
प्रशान्त !
आज भोली तिमी
बिरामी परेका छौ कि कसो
कतैपनि अचेल
ज्वारभाटा छैन
आँधी तूफान चलेको छैन
झ्वाम्म अँगाल्ने जेलाईपनि र उदरस्थ गर्ने
तिम्रो इच्छा मरिसक्यो कि कसो
ठिक छ प्रशान्त
उद्दण्ड उग्र र प्रचण्डबाट
शान्त सौम्य र निश्छल बनेको रहेछौ-
तिम्रो यही रुप नै
मलाई स्वीकार्य छ प्रशान्त
तर तिमी बबण्डर बन्छौभने
मपनि अवरोध बन्नेछु
प्रशान्त !
तिम्रो शान्त यो रुपको पुजा गर्दैछु ।
२०४७।५।१४

Thursday, April 8, 2010
जय होस् भन्छु म त मायाको यो संसारैमा
को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३)
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३)
Thursday, March 11, 2010
व्यथा (कविता)
कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित

Wednesday, January 20, 2010
बुझ र फर्क (वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार)
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Saturday, December 26, 2009
मधुयाम जिन्दगीमा आजै आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥
Subscribe to:
Posts (Atom)