कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ
कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ
प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ
भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ
कैले जिद्दी गछ्र्यौ घरि कुरो ट्याक्कै मान्छ्यौ
फूल टिपी मुस्कुराउँदै मेरातर्फ हान्छ्यौ
कैले फतर् फतर् बोल्छ्यौ घरि कुरा साँच्छ्यौ
बिना मेसै भावुक घरि खितखित हाँस्छ्यौ
घरि ठुस्स परी बस्छ्र्यौ अनि गीत गाउँछ्यौ
शान्ति मेरो हृदयमा प्रेमलता लाउँछ्यौ
जति तिमी माया गछ्र्यौ उति माया पाउँछ्यौ
प्रेम रोप्न यो खेतमा रोपाइँ गर्न साउँछ्यौ ॥
(२०५४-८-१६, सोमबार)
Monday, January 19, 2009
Wednesday, January 14, 2009
माया गाँस्न आइसकी एउटी मनकी गोरी (२०५४।८।२३ रचिएको गीतिभाव)
न्याउली चरी किन रुन्छेस् नरो कठैबरी
प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी
अझैसम्म विरहनै सम्झिबस्छे मोरी
माया गाँस्न आइसकी एउटी मनकी गोरी ।
गीत गाउन किन बिसर्िस् कोइली रनबन
यस्तो सुखद् बेला बीच नखुम्च्यान मन
काफल पाक्यो चरी अब काफल पाक्यो भन
हाम्रो मन एउटै भयो दुइटा फगत् तन ।
जुरेली त गुँड भित्र एक्लै किन बस्छेस्
बाहिर वहार नडुलेर किन गुँड पस्छेस्
अरिङ्गाल्नी किन खिल अरुलाई धस्छेस्
इष्र्या गर्दै हाम्रो प्रीत कति दिन बस्छेस् ।
मैना चरी िपंजडामा रुङ्छेस् किन आज
लज्जावती सधैंभन्दा बढि मान्छेस् लाज
शिकार गर्न छाडिदे न निठुरी ए बाज
बरु माया बसा्रइदे नाच् न मिलाई साज ।
पुछिदेऊ साथी संगी नजरका आँसू जित
मलाई माया गर्छिन् उनी होऊ खुशी अित
संसारमा बनोस् सबको माया गर्ने मित
माया प्रेम गर्दै बितोस् जीवन नहोस् खति ॥
(२०५४।८।२३ सोमवार रातको १०ः३० बजे)
प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी
अझैसम्म विरहनै सम्झिबस्छे मोरी
माया गाँस्न आइसकी एउटी मनकी गोरी ।
गीत गाउन किन बिसर्िस् कोइली रनबन
यस्तो सुखद् बेला बीच नखुम्च्यान मन
काफल पाक्यो चरी अब काफल पाक्यो भन
हाम्रो मन एउटै भयो दुइटा फगत् तन ।
जुरेली त गुँड भित्र एक्लै किन बस्छेस्
बाहिर वहार नडुलेर किन गुँड पस्छेस्
अरिङ्गाल्नी किन खिल अरुलाई धस्छेस्
इष्र्या गर्दै हाम्रो प्रीत कति दिन बस्छेस् ।
मैना चरी िपंजडामा रुङ्छेस् किन आज
लज्जावती सधैंभन्दा बढि मान्छेस् लाज
शिकार गर्न छाडिदे न निठुरी ए बाज
बरु माया बसा्रइदे नाच् न मिलाई साज ।
पुछिदेऊ साथी संगी नजरका आँसू जित
मलाई माया गर्छिन् उनी होऊ खुशी अित
संसारमा बनोस् सबको माया गर्ने मित
माया प्रेम गर्दै बितोस् जीवन नहोस् खति ॥
(२०५४।८।२३ सोमवार रातको १०ः३० बजे)
Saturday, January 10, 2009
सधैंभरी तिमी मेरै (मिित २०५४-८-१३ मा रचिएको)
हिजोपनि आजपनि भोली-पर्सीपनि
सधैंभरी तिमी मेरै; ऐले, पछिपनि
रातीपनि साँझपनि बिहानीमापनि
दिउँसो पनि जतिखेर जहाँ भएपनि
जन्मेकी हौ मेरैलागि मेरैलागि बाँच
तिम्रो साटो रुन्छु म नै सधैं तिमी हाँस
हृदयमा मेरानिम्ति प्रेममाला गाँस
खुशीसाथ गीत गाउँछु तिमीचािहं नाच ॥
(२०५४-८-१३, रातको बाह्र बजेर केही मिनेट जाँदा)
सधैंभरी तिमी मेरै; ऐले, पछिपनि
रातीपनि साँझपनि बिहानीमापनि
दिउँसो पनि जतिखेर जहाँ भएपनि
जन्मेकी हौ मेरैलागि मेरैलागि बाँच
तिम्रो साटो रुन्छु म नै सधैं तिमी हाँस
हृदयमा मेरानिम्ति प्रेममाला गाँस
खुशीसाथ गीत गाउँछु तिमीचािहं नाच ॥
(२०५४-८-१३, रातको बाह्र बजेर केही मिनेट जाँदा)
Sunday, January 4, 2009
कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले (मिति २०५४-८-७ मा रचिएको)
कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
आफैलाई संझाउने कोही पाइनँ ऐले
कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें
पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले
व्याख्या गर्न अघि अघि नसरेको कहाँ हो र
धत् कस्तो यत्ति मेसो पाएनछु मैले
कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
भर्खरै पो थाहा लाग्यो प्रेम मागें मैले ॥
(२०५४-८-७, रातको पौने बाह्र बजे)
आफैलाई संझाउने कोही पाइनँ ऐले
कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें
पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले
व्याख्या गर्न अघि अघि नसरेको कहाँ हो र
धत् कस्तो यत्ति मेसो पाएनछु मैले
कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
भर्खरै पो थाहा लाग्यो प्रेम मागें मैले ॥
(२०५४-८-७, रातको पौने बाह्र बजे)
Saturday, January 3, 2009
मधुयाम जिन्दगीमा आजै आए जस्तो (मिित २०५४-८-१५ मा रचिएको)
मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥
(२०५४-८-१५, आइतवार, रातको दश बजे)
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो
बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो
नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो
तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो
धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥
(२०५४-८-१५, आइतवार, रातको दश बजे)
Thursday, January 1, 2009
फॆरि फर्की आएँ हजुर (२०५५ साल चैत १२ गते रचिएको)
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
कहाँ कहाँ पुगिएला भन्ने सोच व्यर्थ भयो
स्वप्नहरु उडी ग'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
हजुरको स्नेहले मत्याएको रै'छ मलाई
यस्तो कुरा चाल पा'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
संसाँझैमा फर्किनेलाई बाटो भुल्या भन्दैनन् रे
स्वीकार ल फर्की आ'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
(२०५५।१२।६)
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
कहाँ कहाँ पुगिएला भन्ने सोच व्यर्थ भयो
स्वप्नहरु उडी ग'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
हजुरको स्नेहले मत्याएको रै'छ मलाई
यस्तो कुरा चाल पा'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
संसाँझैमा फर्किनेलाई बाटो भुल्या भन्दैनन् रे
स्वीकार ल फर्की आ'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
(२०५५।१२।६)
Monday, December 29, 2008
मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ (२०५४ सालमा रचिएको गीतिभाव)
मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ
मेरोलागि त्यै स्वर्ग हो जहाँ तिमी हुन्छ्यौ
अधूरो हो त्यो सपना जहाँ तिमी हुन्नौ
अपूरो हो त्यो विपना जहाँ तिमी हुन्नौ
सुख तिम्रो मुस्कान हो मिठो तिम्रो अधर
जादू टुना अरु के छ बिना तिम्रो नजर
नशा जाबो केही हैन तिम्रो प्रेम सामु
मौरी तुल्य अस्थिर् मन्को तिमीनै हौ रानू
आगो छ्या के पोलोस् जस्तो तिम्रो बिछोड्
नून् चूक् घाउमा सह्य हुन्छ हुन्न तिम्रो बिछोड् ॥
(२०५४-८-८, रातको एघार बजे)
मेरोलागि त्यै स्वर्ग हो जहाँ तिमी हुन्छ्यौ
अधूरो हो त्यो सपना जहाँ तिमी हुन्नौ
अपूरो हो त्यो विपना जहाँ तिमी हुन्नौ
सुख तिम्रो मुस्कान हो मिठो तिम्रो अधर
जादू टुना अरु के छ बिना तिम्रो नजर
नशा जाबो केही हैन तिम्रो प्रेम सामु
मौरी तुल्य अस्थिर् मन्को तिमीनै हौ रानू
आगो छ्या के पोलोस् जस्तो तिम्रो बिछोड्
नून् चूक् घाउमा सह्य हुन्छ हुन्न तिम्रो बिछोड् ॥
(२०५४-८-८, रातको एघार बजे)
Wednesday, December 17, 2008
को होला र म जत्तिको सुखी यो संसारैमा (मिति २०५४।८।२३ मा रचित गीति-प्रणय-भाव)
को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३)
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३)
Wednesday, December 10, 2008
जीवन यो (आयोदधौम्यद्वारा विक्रम संवत २०४७ मा रचित कविता)
जीवन यो (कविता)
सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
- एक गीतको टुक्रा
जीवन कस्तो छ
यसलाई भोगेर हेर
यसलाई जोखेर हेर
यो तिमीले हेरेजस्तो बोलेजस्तो पटक्कै छैन
जीवन सुस्वादु छैन
चाखेर हेर राखेर हेर
यो त काँचो केराजस्तो टर्रो छ
सुन्तलाजस्तै रसिलो र पोटिलो छैन पटक्कै
जीवन पहरा हो
यो सजिलै फोरिइन्न
नपत्याए कुहिनाले फोर औंलाले कोर
यो त हिराजस्तै कठोर छ
(रचना मिित : २०४७।९।२१)
सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
- एक गीतको टुक्रा
जीवन कस्तो छ
यसलाई भोगेर हेर
यसलाई जोखेर हेर
यो तिमीले हेरेजस्तो बोलेजस्तो पटक्कै छैन
जीवन सुस्वादु छैन
चाखेर हेर राखेर हेर
यो त काँचो केराजस्तो टर्रो छ
सुन्तलाजस्तै रसिलो र पोटिलो छैन पटक्कै
जीवन पहरा हो
यो सजिलै फोरिइन्न
नपत्याए कुहिनाले फोर औंलाले कोर
यो त हिराजस्तै कठोर छ
(रचना मिित : २०४७।९।२१)
Wednesday, November 26, 2008
बुझ र फर्क - वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल कविता
कविता
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)
उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।
Subscribe to:
Posts (Atom)
