Wednesday, April 1, 2009

पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ
अनायाशै साथ दिई उसरीनै टाढा भयौ
यसमा त कसूर मेरो केही छैन जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

आउनु जानु तिम्रो मर्जी मैले के पो गरें
थाहा छैन के कारणले क्रोध्मा तिम्रो परें
रिसाएर टाढिनु झन् व्यर्थै जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

2 comments:

friendlyniraj said...

थाहा पाउँदा पाउँदै पनि
गल्ती जसले गर्छ ।
उसले नै माफी मागी
पश्चाताप गर्नुपर्छ ।

Anonymous said...

हो नि आफुले गर्दै नगरेको कुरामा केको पस्चताप ...उस्ले पो गर्नु पर्छ त