कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित
Thursday, March 11, 2010
Subscribe to:
Post Comments (Atom)
1 comment:
बोलुँ बोली पासो, नबोलुँ नबोली पासो : गज्जब छ सर!
Post a Comment