Monday, April 16, 2012

निर्मलमणि अधिकारी 'आयोदधौम्य' कृत संचार मीमांसा (काव्य) को पाँचौँ अधिकरण

संचार मीमांसा (काव्य)
पाँचौँ अधिकरण

साधारणीकरण-ढाँचा संचार देखाउँछ
सहृदयताको लागि संचार प्रष्ट्याउँछ ।
आधिभौतिक् आधिदैविक् अनि आध्यात्मिक
हिन्दू-चिन्तन पद्धतिको सार बताउँछ ॥४९॥

रेखीय किन छैन यस्को संरचना
बुझ्नलाई गर्नु पर्छ वैदिक् विवेचना ।
दिक् र काल चक्रीय मानिने दुवै यहाँ
दिक्-काल्भित्रै हुने संचार रेखीय तब कहाँ ॥५०॥

यसैबारे थप अर्को कुरा पनि बुझ्नू
दोहोरो नै संवादको हिन्दू मत सोच्नू ।
निरन्तर कि्रया अनि प्रतिकि्रया देख्नू
त्यसैले त पर्यो मैले यस्तो चित्र लेख्नु ॥५१॥

हिन्दू समाज् भेद विभेद् बीच हुँदा पनि
संचार सफल् हुने कारण् के पो होला नि ।
ढाँचा यस्ले प्रष्ट्याउँछ त्यो रहस्य पिन
सहृदयता नै त्यस्तो खास तत्व हो नि ॥५२॥

वर्ण आश्रम जात जाति अनि अरु कुरा
धनी गरिब शोषक् शोषित् कति कति छुरा ।
भाषा बोली चाल चलन् यस्ता धेरै कुरा
यसो हेर्दा विभाजनै विभाजन् छ पूरा ॥५३॥

सहस्र वर्ष सभ्यताका बितिसक्दाखेरि
देखेकै छौँ संवाद सफल हाम्रा वरिपरि ।
विभाजन छ तापनि छैन संचारमा
समस्यालाई हटाउन सहृदय भावना ॥५४॥

असमान सामाजिक सम्बन्धलाई जिती
विभेदका भौतिक स्थितिलाई मिची ।
सहृदयताको ज्योति प्रदीप्त छ सधैँ
अपसंचार हुनलाई दिँदैन है कबै ॥५५॥

यदि संचार असफल कतै भएदेिख
अपसंचार प्रबल कतै रहेदेखि ।
बुझ्नु पर्छ सहृदयता पक्का भयो कमी
उपाय गर्नु गर्छ संस्कार् भर्न भनी ॥५६॥

संचारमा रत दुई पक्ष कस्ता हुने
सम्बन्धको स्वरुप्बारे बुझौँ मनै छुने ।
संचार-स्वार्थ होइन यहाँ सम्बन्ध नै स्वयम्
प्रथम् कुरा हुन जान्छ संचारमा बुझम् ॥५७॥

पश्चिमा संचारका अधिकतर् ढाँचा
प्रेषकको प्रधान्तामा जोड दिन्छन् काँचा ।
साधारणीकरण्-ढाँचा अर्कै कुरा भन्छ
प्रेषक्-प्रापक् दुवैको सह-अस्तित्व मान्छ ॥५८॥

सहृदयता अवधारणा राम्ररी बुझी
बुझिनेछ प्रेषक्-प्रापक् सम्बन्ध पनि ।
आरम्भमा सामान्य अभिमुखीकरण् भई
साचार् सुरु गरी पुग्ने सहृदय स्थिति ॥५९॥

अर्थापन्कै सन्दर्भमा कुरा गर्ने हो त
प्रेषक् होइन प्रापक पो शक्तिशाली हुन्छ ।
अर्थापन गर्दाखेरि प्रापक्ले नै गर्छ
यो तथ्यलाई सदैव बुझिराख्नु पर्छ ॥६०॥

साधारणीकरण-ढाँचा ध्यानपूर्वक् हेरौँ
अभिव्याजना अनि रसास्वादन चिनौँ ।
संचारको प्रकि्रयामा निर्णायक बुझौँ
भतृ्रहरि भरत्मुनि धेरै चिन्तन गरौँ ॥६१॥

शब्दका चार तह परा पहिलो मानी
पश्यन्ति र मध्यमा अनि वैखरी ।
श्रवण्बाट सुरु हुने शब्दको प्राप्ति
मनन र निदिध्यासन् साक्षात्कार्मा व्याप्ति ॥६२॥

यति गहन् चार श्रेणी हुनु पर्ने कारण्
आन्तरिक संचारमा जोड दिने चलन् ।
आभ्यन्तरिक अनुभूति महत्वको चरण्
इन्द्रिय भन्दा उच्च ज्ञानको छ विधान् ॥६३॥

बाह्य संसार् नकारेको हुँदै होइन हेर
यसैलाई परम् सत्य मान्याछैन तर ।
बृहदको कारणमा सूक्ष्म छ है बुझ
ब्रह्माण्डलाई आफैँभित्र अनुभूत गर ॥६४॥

सन्दर्भको जुन् विधान ढाँचाभित्र छ है
भतृ्रहरिबाटै यस्लाई विकास् गरियो है ।
व्याख्या यस्ले गर्छ हेर अर्थबोध सही
प्रेषक्-प्रापक् दुवैको हुन जान्छ उही ॥६५॥

लौकिक संचारमा कि्रया प्रतिकि्रया
साचार्रत पक्षलाई राख्छ सकि्रय ।
मननको तह पार गर्छ जस्ले तर
प्रतिकि्रया नचाहिने निदिध्यासन् साक्षात्कार ॥६६॥

संचारको मद्वारा विकसित् यो ढाँचा
भएकाले हिन्दू मत्को पूरापूर सच्चा ।
आवश्यक पन्र्यै थियो भौतिक् भन्दा पर
पुगिकन व्याख्या गर्ने जीवन उच्चतर ॥६७॥

ख्याल राखी वैदिक हिन्दू मान्यतालाई
आधिदैविक् साथमा आध्यात्मिक् साचार्लाई ।
साधारणीकरण-ढाँचा प्रष्ट्याउँदै छ है
संचारको क्षेत्र त यी तीन्वटै हुन् है ॥६८॥

भौतिक र मानसिक साचारको कुरा
सन्देशको साझेदारी सफलता पूरा ।
आदर्शको अवस्थामा सबै संचारवाला
पुग्दछन् जुन् स्थिति हो है सहृदयता ॥६९॥

आध्यात्मिक संचारमा अझै पर पुग्ने
सहृदयी बनेपछि साक्षात्कार हुने ।
मोक्ष पनि सम्भव साचार्बाटै हेर
शब्दब्रह्मलाई नै गरी साक्षात्कार ॥७०॥

लक्ष्य के हो संचारको यसले बुझाउँछ
संचारबाटै समझ्दारी हुने देखाउँछ ।
सूचनाको साझेदारी हुँदै अघि बढी
एकत्वको अनुभूति गर्नु पर्छ साथी ॥७१॥

पुरुषार्थ मानवका चारवटा मानवका भन्ने
अर्थ काम धर्म मोक्ष यसरी जान्ने ।
हिन्दू मत मेरो ढाँचा अंगीकार गर्छ
संचारबाटै प्राप्य छन् भन्ने प्रष्ट्याउँछ ॥७२॥

समष्टिमा भन्नु पर्दा केन्द्रीय भाव
सहृदयता बुझेपछि बुझिनेछ सब ।
संचारको प्रकि्रयामा धेरै गर्दा विचार्
सहृदय बन्नलाई हुनु पर्छ संचार ॥७३॥

1 comment:

Jivesh Jha said...

साधारनिकरण अब धर्म बिशेष नहि रहा. बल्की ये तो मुस्लिम, शिख, ईशाई आदी धर्मओं के लोगओं के बिच हिनो बाली संचार प्रकृया को भि बखुबी से संबोधित किया है. तो क्युं ना हम सब मिल कर भब्यता के साथ ईसे आगे बढाए, आखिर हमारी पहचान-ए-मुद्धत कि बात जो है.