Wednesday, July 11, 2012

म्याग्दे खोला बग्यो सललल, मायालुको मुहार् झललल (It was writeen about 20 years ago)

म्याग्दे खोला बग्यो सललल
मायालुको मुहार् झललल

फागुपूर्णे मेला भर्न थर्पु झेरकी
पानी खेल्न होकि किन खोला तरेकी
किन हामीदेखि परपर सरेकी
मायालुलाई नचिनेर होकि डरेकी
म्याग्दे खोला …

 घर तिम्रो छाङ होकि पर् यो मनपाङ
सत्ते कुरा भन आज हामी जान्न पाऊँ
तिम्रो घर तिलाहार या हो चोक्रे गाउँ
उत्तर हो कि दक्षिण हो कि तिम्रो जन्म ठाउँ
म्याग्दे खोला …

छबिसेको पुलमा बसी खोला हेरेकी
कम्मरमा पटुकी झैं के पो बेरेकी
खैरेनीटार जाने होकि जाने दमौली
मन्का कुरा कति दिन राख्छ्यौ मन्मै लि
 म्याग्दे खोला …
(It was written about 20 years ago.)

2 comments:

Muskan Magar said...

धेरै राम्रो छ सर

Unknown said...

सङ्लो पानी, फागुन महिना, होलिपर्व, म्याग्दे खोला, दमौली, चोक्रे, मनपाङ ... आहा त्यतै डुले झैं भयो कविता पढेर बिभोर भए , गहिरो भावमा हराए ।